Close sidebar
  • ताजा
  • लोकप्रिय
  • एमाले-माओवादीको गठबन्धन माघ महिना कट्दैनः गगन थापा

    ८ बैशाख, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमाले-माओवादीको गठबन्धन आगामी माघ महिना नकट्ने दाबी गरेका छन् ।

    इलाममा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले चुनावको अगाडि गठबन्धन जनतालाई धोका, बेईमानी, मतदाताको स्वतन्त्रताको अपमान रहेको बताएका छन । त्यसैले चुनाव अगाडि गर्ने गठबन्धनलाई हाई हाई होईन बाई बाई गर्नुपर्ने उनले बताएका छन । उनले चुनावअघिको गठबन्धनलाई अब बिदा गर्नुपर्ने टिप्पणी व्यक्त गरेका छन ।

    Advertisement

    उनले भने, ‘इलामको यो चुनाव गठबन्धनको राजनीतिक भविष्यसँग जोडिएको छ । चुनावमा गठबन्धनको राजनीति गलत हो भन्ने इलामले स्थापित गर्नुपर्छ । हामीले यसअघि गठबन्धन गरेर चुनाव लडेको हुनाले आगामी निर्वाचन सँग सँगै रहन चाहन्थ्यौं । तर, हाम्रो चाहनाले मात्रै भएन । आज एमाले र माओवादी जोडिएर फेरि आउनुभएको छ । आज वैशाख ८ गते म यहाँ उभिएर भन्दैछु, यो अहिलेको गठबन्धनले २०८१ को माघ कटाएछ भने म तपाईंहरूकै अघि उभिएर जवाफ दिन आउनेछु ।’

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »