४ बैशाख, बाँके । नेपालगञ्ज उपमहानगरपालिकाले ई-रिक्सा चालकहरुलाई सवारी चालक परिचयपत्र वितरण सुरु गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्टले सुरुआतमा १ सय १७ जनालाई चालक परिचयपत्र वितरण गरेका हुन ।
नेपालगञ्जमा ई रिक्सा व्यवस्थापन गर्नको लागि नेपालगञ्ज उपमहानगरपालिकाले पछिल्लो समय ई-रिक्सा चालकहरुलाई परिचयपत्र, विमा र अभिमुखिकरण कार्यक्रम गर्दै आएको छ ।
Advertisement
नेपाल ई रिक्सा व्यवस्थापन समिति प्रालिले व्यवस्थापनमा ई-रिक्सा व्यवस्थापनको काम गरिरहेको छ ।
नेपालगञ्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्टले ई-रिक्सा चालकहरुको सुरक्षाको लागि परिचयपत्र सहित स्वास्थ्य विमा गर्ने योजना अगाडी बढाईरहेको बताए ।
Advertisement
उनले भने, ‘नेपालगञ्जमा ई-रिक्साहरुको व्यवस्थापन गर्न जरुरी छ । ई रिक्सा चालकहरुले नेपालको कानुन अनुसार सुरक्षित भएर काम गर्ने वातावरण पाउनु पर्छ । उहाँहरुको पेसाको सुरक्षाको लागि, यात्रीहरुको सुरक्षाको लागि हामीले कार्यविधि बनाएर काम गरिरहेका छौं । यसमा सबैको सहयोगको अपेक्षा गरेका छौं ।’
नेपालगञ्ज उपमहानगरपालिकाले वितरण गरेको चालक अनुमतिपत्रले नेपालगञ्जका ई-रिक्सा व्यवस्थापनमा सहयोग पुग्ने प्रमुख विष्टले बताए ।
नेपाल ई-रिक्सा व्यवस्थापन समिति प्रालिका अध्यक्ष कुमार सिंह ठकुरीले ई-रिक्सा चालकहरुलाई विज्ञहरुबाट ट्राफिक नियम तथा बिमाहरुको बारेमा अभिमुखिकरण गर्दै चालक परिचय पत्र वितरण गरिने बताए ।
Advertisement
मंगलबार नेपालगञ्ज उपमहानगरपालिकामा भएको कार्यक्रममा अस्थायी ट्राफिक प्रहरी पोष्ट नेपालगञ्जका इन्र्चाज वरिष्ट सई प्रविण आर्चायले ई-रिक्सा चालकहरुलाई ट्राफिक नियमहरुको बारेमा जानकारी गराए ।
टिप्पणीहरू