Close sidebar
  • ताजा
  • लोकप्रिय
  • आठ महिनाको अवधिमा जुवातास खेल्ने १८१७ जना पक्राउ, २ करोड ६३ लाख रूपैयाँ बरामद

    १ बैशाख, काठमाडौं । काठमाडौं ज्याठा स्थित होटल भियानामा जुवातास खेलिरहेको अवस्थामा रोल्पा घर भएका ३६ वर्षीय लिला डागी समेत ११ जना गत माघ १५ गते नगद १३ लाख ६२ हजार ५ सय रूपैयाँ र ४ बुक तास सहित पक्राउ परे ।

    यसैगरी भक्तपुर चाँगुनारायणस्थित रुद्राक्ष होटलमा जुवातास खेलिरहेको अवस्थामा होटल संचालक ४१ वर्षीय रेल कुमार तामाङ समेत २० जना नगद ६ लाख ७ हजार ५ सय रूपैयाँ र ६ बुक ताससहित चैत १९ गते राति पक्राउ परे ।

    Advertisement

    यसैगरी ललितपुर लुभु बस्ने ४७ वर्षीय हरिबोल चौलागाई समेत ११ जना नगद ३ लाख ६४ हजार १ सय २० रूपैयाँ र ६९ बुक ताससहित चैत ३ गते जुवातास खेल्दै गर्दा पक्राउ परे ।

    पक्राउ परेका उपरोक्त व्यक्तिहरू जुवातास खेल्ने प्रतिनिधि पात्र मात्र हुन् । चालू आर्थिक वर्षको साउनदेखि फागुन सम्म ८ महिनाको अवधिमा जुवातासमा संलग्न १ हजार ८१७ जना पक्राउ परेका छन् ।

    Advertisement

    जसमध्ये काठमाडौं उपत्यकाबाट ७७९ जना, कोशी प्रदेशबाट ११५ जना, बागमती प्रदेशबाट ११३ जना, गण्डकी प्रदेशबाट २९९ जना, लुम्बिनी प्रदेशबाट ९४ जना, कणर्ाली प्रदेशबाट १०४ जना र सुदूरपश्चिम प्रदेशबाट ३१३ जना रहेका छन् ।

    उक्त अवधिमा उनीहरूको साथबाट २ करोड ६३ लाख ४५ हजार ४१७ रूपैयाँ बरामद भएको छ । जसमध्ये काठमाडौं उपत्यकाबाट १ करोड ४१ लाख ४ हजार ३५९ रूपैयाँ, कोशी प्रदेशबाट १७ लाख ८८ हजार ६२५ रूपैयाँ, बागमती प्रदेशबाट २३ लाख ७३ हजार १९४ रूपैयाँ, गण्डकी प्रदेशबाट ३७ लाख ३४ हजार ७५९ रूपैयाँ, लुम्बिनी प्रदेशबाट ७ लाख ३७ हजार ४७२ रूपैयाँ, कणर्ाली प्रदेशबाट ९ लाख ६४ हजार ७२१ रूपैयाँ र सुदूरपश्चिम प्रदेशबाट २६ लाख ४२ हजार २८७ रूपैयाँ बरामद भएको हो । सो अवधिमा जुवातास खेल्नेहरूबाट ५५४ बुक तास, २५० थान कौडा लगायतका सामान बरामद भएको छ ।

    Advertisement

    जसमध्ये काठमाडौं उपत्यकाबाट २७९ बुक तास तथा ९८ थान कौडा, कोशी प्रदेशबाट ४४ बुक तास तथा १६ थान कौडा, बागमती प्रदेशबाट २१ बुक तास, ४० थान कौडा, लंगुरबुर्जा तथा जुवा, गण्डकी प्रदेशबाट २९ बुक तास, ९६ थान कौडा, लुडो तथा गोटी, लुम्बिनी प्रदेशबाट ४१ बुक तास, कणर्ाली प्रदेशबाट १८ बुक तास र सुदूरपश्चिम प्रदेशबाट १ सय २२ बुक तास बरामद भएको छ ।

    जुवातास खेल्ने व्यक्तिहरू सुराकी र विशेष सूचनाको आधारमा पक्राउ पर्ने गरेका छन् ।
    नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकालले भने, “जुवा खेलेको विशेष सूचना प्राप्त हुनासाथ प्रहरी टोली खटिई रित पूर्वक तलासी लिने गर्दछ । रकम हार जित हुने गरी जुवातास खेल्दा समाजमा नकारात्मक असर बढि हुने हुँदा यसलाई कानुनी दायरामा ल्याइएको हो । खासगरी जुवातास चाडपर्वको समयमा बढि खेल्ने गरेको पाइएता पनि प्रहरीले भने यसलाई सदैव प्राथमिकतामा राखी निग्रानी गरिरहेको हुन्छ । जुवातास जन्य सामाजिक विकृतिलाई निर्मूल पार्न सामाजिक एक्यवद्धता आवश्यक रहेको छ ।”

    Advertisement

    मुलुकी अपराध संहिता, २०७४ ले जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने दफा अन्तर्गत पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा तीस हजार रूपैयाँसम्म जरिवाना गर्ने कानूनी व्यवस्था रहेको छ ।
    यसैगरी दोस्रो पटकदेखि जुवा खेल्ने वा खेलाउनेलाई एक वर्षसम्म कैद र पचास हजार रूपैयाँसम्म जरिवाना र त्यसपछिको कसूरमा पटकै पिच्छे थप तीन महिनासम्म कैद र दश हजार रूपैयाँसम्म जरिवाना गर्ने व्यवस्था रहेको छ । साथै जुवा खेल्न प्रयोग भएको साधन र जुवाबाट प्राप्त सम्पूणर् चलअचल सम्पति जफत हुने कानुनी प्रावधान छ ।

    तथ्याङ्क विश्लेषण गर्दा चाडवाडको बेला र रातको समयमा बढी जुवातास खेल्ने गरेको पाइन्छ । जुवातासको कारण व्यक्ति, घरपरिवार र समाजमा विकृति निम्तिने गर्छ ।

    यसबाट चोरी, डकैती, कुटपिट र हत्या लगायतका अपराध समेत हुने गरेको देखिन्छ । स्वच्छ, व्यवसायिक एवम् नागरिक केन्द्रित प्रहरी सेवा प्रदान गर्ने नेपाल प्रहरीको दृष्टिकोण अनुरूप समाजका विकृति र विसंगती हटाई अपराध नियन्त्रण गर्न प्रहरी कटिबद्ध छ । यसका लागि सचेतना कार्यक्रम सञ्चालन, रेडियो, टेलिभिजन र सामाजिक संजालबाट समेत जानकारीमूलक सामग्री प्रसारण तथा प्रकाशन गर्ने गरिएको छ ।

    प्रहरी नायव महानिरीक्षक ढकालले भने, “खासगरी जुवातास वा सट्टेबाजी सम्बन्धी कानुनको उद्देश्य सुधारात्मक रहेको पाइन्छ । कानुनको मर्म अनुरूप कार्यान्वयन गरी सामाजिक सद्भाव कायम गर्न नेपाल प्रहरी सदैव सचेत छ ।”

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »