१ बैशाख, काठमाडौँ । नेपालको वायु विश्वकै दुषित बन्न पुगेको छ । अहिले नेपाल विश्व रेर्कडमा पहिलो नम्बरमा छ । केही दिनयता काठमाडौं लगायत देशका प्रमुख शहरहरुमा झनै प्रदुषण बढ्दै गाएको छ ।
अहिले काठमाडौँ, नेपालगञ्ज लगायत देशका प्रमुख शहरमा बढेको वायु प्रदूषणका कारण जनजीवन कष्टकर बन्न पुगेको छ ।
Advertisement
तीन वर्षअघि कोभिडको समयमा पनि यस्तै खालको समस्या देखा परेपछि सरकारले मुलुकभरका विद्यालय बन्द गर्नुपरेको थियो ।
यतिखेर नेपालमा वायु प्रदूषणको मात्रा बढेर अस्वस्थकर वायुमा परिणत भएको छ । एक्युआई ईन्डेक्सको रेर्कड अनुसार यो समाचार प्रकाशन गर्दा सम्म वायु गुणस्तर सूचकांक १८६ रहेको छ । जुन स्वास्थ्यका लागि अत्याधिक हानिकारक हो । यसले फोक्सोको क्यान्सर समेत गराउन सक्ने चिकित्सकले बताउँछन ।
Advertisement
केही दिनयता अस्वस्थकर वायुका कारण मानिसमा विभिन्न किसिमका रोगका लक्ष्यणहरु देखा परेका छन् । प्राय सवारी साधन चलाउदा आखाँ पोल्ने, विहानको मौसम चिसो हुने गरेको छ । वायु प्रदूषण हुँदा आँखा, फोक्सो र छालामा असर पर्नुका साथै श्वासप्रश्वासका बिरामी अनि बालबालिका जोखिममा पर्ने भएकाले सतर्कता अपनाउन चिकित्सकहरुले आग्रह गरेका छन्।
जंगलमा लागेको वा लगाइएको आगोबाट निस्किएको धुवाँका कारण पनि वायु प्रदूषण बढ्दो अवस्थामा छ । त्यस्तै देशैभर निर्माणाधीन अवस्थामा रहेको सडकबाट निस्किएको धूलो फैलिएर वायुलाई धुमिल बनाइदिएपछि अहिले यहाँको वायु प्रदूषण झन् जटिल बन्दै गएको छ ।
कतिपय किसानले गहुँ लगायतको अन्न काटिसकेपछि त्यसबाट निस्किएको फोहर र भुष खेतमै जलाउनु पनि प्रमुख कारण बन्न पुगेको छ ।
Advertisement
त्यसैले वायु प्रदूषण बढ्नुको कारण पत्ता लगाएर त्यसको न्यूनीकरण गर्नु नितान्त जरुरी देखिएको छ ।
विश्वका प्रदूषित शहरको दोश्रो नम्बरमा छिमेकी मुलुक भारतको कोलकाटा र तेश्रोमा बंगलादेशको ढाका शहर रहेको छ ।
टिप्पणीहरू