१६ चैत्र, काठमाडौँ । नेपाली बजारमा सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ । सुनको भाउ अहिले सम्मकै उच्च विन्दुमा पुगेको छ । आज २ हजार १ सय रुपैयाँ बढेको हो ।
बिहीबार तोलाको १ लाख २७ हजार ९ सय रुपैयाँ पुगेर सुनको भाउले रेकर्ड कायम गरेको थियो । यो रेकर्ड आज फेरि तोडिएको हो । आज छापावाल सुन तोलामा १ लाख ३० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
Advertisement
यस्तै, चाँदी आज तोलाको १ हजार ५ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।
















टिप्पणीहरू