१३ चैत्र, काठमाडौँ । नेपाल प्रहरीले सम्पर्क विहीन रहेका २३ जना विभिन्न कर्मचारीलाई ७ दिन भित्र हाजिर हुन सूचना जारी गरेको छ ।
प्रहरी प्रधान कार्यालयले आज एक सूचना जारी गर्दै खोजतलास गर्दा पनि सम्पर्कमा नआएका २३ कर्मचारीलाई ७ दिनभित्र सन्तोषजनक स्पष्टीकरण सहित हाजिर हुन सूचना प्रकाशन गरेको हो ।
Advertisement
तोकिएको अवधिमा पनि सम्पर्कमा नआए प्रहरी नियमावली २०७१ को उपनियम १ को खण्ड (च) अनुसार कारबाही प्रक्रिया अघि बढाइने चेतावनी समेत दिइएको छ ।
नेपाल प्रहरीका चार प्रहरी सहायक निरीक्षक सहित २३ कर्मचारी सम्पर्कविहीन रहेका छन् ।

















टिप्पणीहरू