११ चैत्र, बाँके । बाँकेको नेपालगञ्जको वाटरपार्कमा जारी सातौं प्रादेशिक महोत्सवको छैठौं दिन आईतबार गायिका पूणर्कला विसीले दर्शकलाई छमछमी नचाईन ।
गायिका पूणर्कलाले ‘दिल मेरो चोरी लग्यो पुलिस वालाले, बुटवल बजार तुल्सीपुर हुँदै जाउँला सल्यान’ लगायतका चर्चित गितहरु गाएर दर्शकलाई छमछमी नचाईन् ।
Advertisement
उनले आफ्नो सांगेतिक प्रस्तुती राख्दै गर्दा दर्शकदीर्घामा रहेका दर्शकहरुले हुटिङ्ग गर्दै गितसंगै ताल मिलाएर छमछमि नाचे ।
यस्तै, मोडल निशु श्रीपालीले विभिन्न गितमा आफ्नो दमदार प्रस्तुती राख्दा दर्शकहरु प्रफुल्ल बने । महोत्सवमा दिनहुँ आयोजना हुने सांगेतिक कार्यक्रममा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती हुने गरेकोछ ।
Advertisement
सांगितिक कार्यक्रमले दर्शकको सहभागिता समेत बढाउँदै लगेकोछ । अन्य दिन भन्दा आईतबार पनि दर्शहरुको उल्लेख्य सहभागिता रह्यो ।
दिनहुँ स्थानीय तथा राष्ट्रिय चर्चित कलाकारको प्रस्तुती हेर्न आउने दर्शकको संख्या बढ्दै गएपछि दर्शकलाई थप रोमाञ्चित र व्यस्त बनाउन आयोजक लागि परेकोछ ।
Advertisement
आगामी चैत्र १८ गतेसम्म सञ्चालन हुने महोत्सवमा आज आईतबार चर्चित गायक प्रमोद खरेल तथा चर्चित गायिका एवम उद्घोषिका शोभा त्रिपाठीको उपस्थिती हुन सकेन । काठमाण्डौंबाट आउने जहाज मौसमका कारण डिले भएपछि कार्यक्रम उपस्थित हुन नसकेको आयोजकले जनाएको छ ।
१३ गतेदेखि महोत्सव निरन्तर
यस्तै, महोत्सवको सातौं दिन सोमबारको महोत्सव सञ्चालन नहुने आयोजकले बताएको छ ।
जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्लाको शान्ति, सुरक्षालाई मध्यनजर गर्दै होलीको दिन (चैत १२ गते) महोत्सव सञ्चालन नगर्न आदेश दिएका कारण एकदिन महोत्सव स्थगित गर्नुपरेको बाध्यता आयोजक महासंघकी अध्यक्ष मधुकुमार खड्काले जानकारी दिईन ।
Advertisement
आयोजकले उक्त दिन चर्चित नायक पल शाहलाई ल्याएर होली खेल्ने योजना बनाएपछि शान्ति सुरक्षाको चुनौतीलाई मध्यनजर गर्दै प्रशासनले एकदिनका लागि महोत्सव सञ्चालनमा रोक लगाएपछि पल शाहसँग होली खेल्ने अपेक्षा पुरा हुननसकेको र आयोजकलाई ठूलो आर्थिक क्षति पुग्न गएको आयोजकले प्रेस विज्ञप्ती मार्फत जनाएको छ ।
आयोजकले चैत्र १३ गतेदेखि पूर्वनिर्धारित सम्पूणर् कार्यक्रम नियमित हुने जनाउँदै महोत्सवलाई भब्य र सभ्य रुपमा सफल बनाउन उद्योगी, व्यवसायी, राजनीतिक दल, संघसस्था, सञ्चारकर्मी, समर्थक, शुभेच्छुक, सुरक्षाकर्मी र जिल्लाबासी समक्ष आग्रह गरेकोछ ।
टिप्पणीहरू