७ चैत्र, रौतहट । रौतहटको परोहा नगरपालिका वडा नं ८ मोतीपुर टोलीमा स्थित मोतीपुर देखि मनसरी जाने बाटोमा रहेको सिचाईका लागी जडान गरिएको ट्रन्सफर्मर चोरी भएको छ ।
मंगलबार राति करिब १० बजेको समय सम्म ट्रन्सफर्मर रहेको तर बुधबार बिहान मोर्निङ वाक गर्न जादा ट्रन्सफर्मर हेर्दा चोरी भएको देखिएको थियो ।
Advertisement
एक सय केभीए पावरको उक्त ट्रान्समिटर चोरहरूले राखेको ठाउँबाट तल झारेर त्यसमा रहेको तामा निकालेर लगेका हुन् । ट्रान्समिटरको बाहिरी भाग मात्र रहेको र भित्रको तामा चारी गरेर लगेको स्थानीयले बताए ।
मंगलबार साँझसम्म उक्त पोलमा रहेको बिजुलीको ट्रन्सफर्मर बुधबार बिहान खोक्रो मात्र पाइएको र त्यसभित्र रहेको तामा चोरहरुले निकालेर लगेको अवस्थामा पाइएको स्थानीयले बताए ।
टिप्पणीहरू