Close sidebar
  • ताजा
  • लोकप्रिय
  • बैण्ड अफ द ब्रिगेड अफ गोर्खाज्‌ र नेपाल प्रहरीको संयुक्त बैण्ड कन्सर्ट

    १० फाल्गुन, काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यतामा नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार संयुक्त बैण्ड कन्सर्ट कार्यक्रम सम्पन्न भएको छ । नेपाल प्रहरी संगीत विद्यालयका म्युजिसियन र बैण्ड अफ द ब्रिगेड अफ गोर्खाज्‌का म्युजिसियनबाट संयुक्त रूपमा उक्त कन्सर्ट सम्पन्न भएको हो ।

    सो अवसरमा नेपाल प्रहरी संगीत विद्यालयका तर्फबाट प्रहरी नायव उपरीक्षक भुला राज खनाल समेतको टोली र बैण्ड अफ द ब्रिगेड अफ गोर्खाज्‌का तर्फबाट क्याप्टेन Esther Hayes समेतको टोलीद्वारा विभिन्न सुमुधर धुन प्रस्तुत गरिएको थियो ।

    Advertisement

    उक्त अवसरमा प्रहरी महानिरीक्षक कुँवरले Defence Attache, Colonel, Paul Smith र बैण्ड अफ द ब्रिगेड अफ गोर्खाज्‌को तर्फबाट क्याप्टेन Esther Hayes लाई कृतज्ञताको चिनो प्रदान गरे । सोही अवसरमा Defence Attache, Colonel, Paul Smith  र क्याप्टेन Esther Hayes ले प्रहरी महानिरीक्षक कुँवरलाई समेत कृतज्ञताको चिनो प्रदान गरे ।

    वि.सं.२००९ सालमा शुरु भएको नेपाल प्रहरी संगित विद्यालय बैण्डद्वारा विभिन्न राष्ट्रिय दिवस, खेलकुद, संगठनका विभिन्न कार्यक्रम एवं विभिन्न स्थलहरूमा समयसमयमा सहभागिता र कन्सर्टको आयोजना गर्ने गरेको छ । बैण्ड अफ द ब्रिगेड अफ गोर्खाज्‌ र नेपाल प्रहरी संगित विद्यालयको सम्बन्ध सन् २००४ सालदेखि नै रहँदै आएको छ । संयुक्त रूपमा यी दुवै बैण्डहरूद्वारा समन्वय र सहकार्यमा संयुक्त तालिम र कन्सर्टहरू हुने गरेका छन् ।

    Advertisement

    कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, नेपाल प्रहरी श्रीमती सङ्घकी अध्यक्ष तथा पदाधिकारीहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, बैण्ड अफ द ब्रिगेड अफ गोर्खाज्‌का प्रतिनिधिहरू लगायत अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »