Close sidebar
  • ताजा
  • लोकप्रिय
  • हिन्दु, बौद्ध, किराँतको बृहत विश्वशान्ति महायज्ञ एकै ठाउँमा

    ७ फाल्गुन, काठमाडौं । हिन्दु, बौद्ध, किराँत विधिअनुसार काठमाडौंको पशुपतिमा विश्वशान्ति महायज्ञको आयोजना हुने भएको छ ।

    सामाजिक सद्भाव, धार्मिक सहिष्णुता, राष्ट्रिय एकताको सन्देश सहित पितृ उद्धारका निमित्त महायज्ञ गर्न लागिएको महारुद्र परिवार फाउन्डेसनले जनाएको छ । शिवरात्रीको अवसर पारेर फागुन १९ देखि २६ गतेसम्म एक साता कार्यक्रमको आयोजना हुनेछ । अष्टम पूजा, मुन्धुम पाठ, वेद पाठ, दोमाङ पाठ, श्रीमद्भागवत पाठ, मूलपाठ पारायण, प्रज्ञा पारमिता पाठ, मोन्लम आदि हिन्दु, बौद्ध, किराँत ३ वटै धर्म विधिअनुसार पितृहरुको उद्धारको कामनासहित पाठपूजा गरिने कार्डमा उल्लेख छ । साथै प्रवचन, दैनिक हवन, रासलिला, भजनकीर्तन, ताण्डव नृत्य, धामीझाँक्री पनि प्रदर्शन गरिने भएको छ । महायज्ञमा हिन्दु, बौद्ध र किराँत ३ वटै धर्मका धेरै गुरुहरु एक सातासम्मै उपस्थित रहनेछन ।

    Advertisement

    हिन्दु, बौद्ध, किराँत एकताको सन्देश सहित यो महायज्ञको आयोजना गर्न लागिएको महारुद्र परिवार फाउन्डेसनको अध्यक्ष खगेन्द्र पोख्रेल बताउँछन ।

    ‘हाम्रो देश नेपाल संस्कृति र प्रकृतिमा विश्वमै धनी देश हो । बहुल जाती, बहु भाषा, बहु धर्म, बहु संस्कृत भएको हाम्रो देशमा सामाजिक सद्भाव, धार्मिक सहिष्णुता, राष्ट्रिय एकता आजको आवश्यकता रहेको छ ।’ अहिले धर्म धर्म बिच दुरी बढ्दै गईरहेको बेला यो महायज्ञले धार्मिक एकतालाई अझ मजवुत बनाई एकअर्को धर्मको सम्मान, सद्भाव र एकता कायम राख्न सहयोग गर्ने उनले बताए । यो विश्वशान्ति महायज्ञ धार्मिक रुपमा मात्रै नभई राष्ट्रिय र विश्वव्यापी रुपमै आवश्यक र महत्व रहेको उनको भनाई छ । महायज्ञको लागि पूर्व युवराज्ञी हिमानी शाहलाई भेटेरसमेत निमन्त्रणा दिईसकेको र अन्य विशेष व्यक्तिहरुको उपस्थिति रहने पोख्रेल बताउँछन ।

    Advertisement

    यस महायज्ञलाई शिवसेना नेपालले विशेष साथ दिएको छ । नेपालबाट युवाहरु दैनिक विदेश पलायन भईरहेको समयमा केही युवाहरुले यस्तो विशेष कार्यक्रम आयोजना गर्न लागेको देखेर आफुले साथ दिएको शिवसेना नेपालको केन्द्रीय अध्यक्ष अनिल बस्नेत (अनिल बाबा) बताउँछन । यो महायज्ञ विश्व र नेपालको सन्दर्भमा आजको समयमा अति नै आवश्यक रहेको छ । यसले धार्मिक सद्भाव, सहिष्णुता र एकतालाई बचाईराख्ने मात्रै नभई विश्वमै राष्ट्रिय गौरव बढाउने भएकाले यस्तो कार्यक्रमलाई नेपाल सरकारले नै आयोजना र सहयोग गर्नुपर्ने बताए । यो पवित्र र महत्वपूर्ण कार्यक्रममा सबैले सहयोग गरेर साथ दिनुपर्ने उहाँको भनाई छ ।

    कार्यक्रमलाई सफल बनाएरै छाड्ने संस्थाका सचिव कुवेर गौतम बताउँछन । भगवानको कृपाले सहयोगी हातहरु बढ्दै गएको र निस्वार्थ सहयोग गर्न चाहनेहरुका लागि पनि सहयोगको ढोका खुल्लै रहेको गौतम बताउँन । विश्वशान्ति महायज्ञ व्यवस्थापन समितिको अध्यक्षमा सिर्जना कार्की, सचिवमा सन्देश श्रेष्ठ, सहसचिवमा नितु घिमिरे र कोषाध्यक्षमा खेम खरेल रहेका छन । गत वर्षको भन्दा यो वर्षको कार्यक्रम भव्य र बृहत् हुने कोषाध्यक्ष खरेल बताउँछन । ‘कार्यक्रमको व्यवस्थापनमा कमजोरी नहोस भनेर हामीले नयाँ कार्यसमति नै गठन गरेर लागि परेका छौँ ।’ स्वयंसेवकहरु नै तीन दर्जन भन्दा बढी उपस्थित रहने उनी बताउँछन ।

    Advertisement

    ‘विश्वकै ठूलो धार्मिक आस्थाको केन्द्र पशुपतिनाथमा रहेर यो हामीले विश्वशान्ति महायज्ञ गर्न पाउनु नै ठूलो कुरा हो । यसले विश्वमै शान्ति फैलियोस् भनेर हिन्दुमात्र नभएर बौद्ध, किराँत तिन ओटै पूजाविधिअनुसार नै पितृउद्धारको कामना सहित कार्य गरिने हुँदा महायज्ञ महत्वपुर्ण छ’ संस्थाका सदस्य त्रिलोचन सुवेदीले भने । कार्यक्रमको क्रिएटीभ पार्टनरको रुपमा ऐना आर्टस रहेको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »