Close sidebar
  • ताजा
  • लोकप्रिय
  • बालकुमारी घटनामा दोषीलाई कारबाही गरिन्छः प्रधानमन्त्री प्रचण्ड

    ६ फाल्गुन, काठमाडौँ । ललितपुरको बालकुमारी घटनामा छानबिन समितिले बुझाएको प्रतिवेदन अध्यययन गरेर दोषीलाई कारबाही गरिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन ।

    आज बसेको प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका छन । छानबिन समितिले प्रतिवेदन गृह मन्त्रालयमा बुझाएको र आजमात्रै आफूले प्रतिवेदन बुझ्ने प्रधानमन्त्री प्रचण्डले बताए ।

    Advertisement

    उनले प्रतिवेदन अध्ययन गरी आवश्यक कारबाही गरिने आश्वासन दिएका छन ।

    प्रधानमन्त्रीले यस घटनालाई सरकारले गम्भीरतापूर्वक लिएर तत्काल १०÷१० लाख रुपैयाँ परिवारलाई दिने निर्णय गरिनुका साथै श्रम मन्त्रालयबाट सम्बन्धित कार्यालयबाट पनि रकम उपलब्ध गराउन निर्देशन भएको जानकारी गराए । यसका साथै परिवारका एक÷एक जनालाई रोजगारीको व्यवस्था समेत गरिने बताए ।

    Advertisement

    याे पनि पढ्नुहाेस:

    बालकुमारी घटनाः मन्त्री ज्वाला सहित ३ जना दोषी रहेको आयोगको निष्कर्ष

    Advertisement

    बालकुमारी घटनाको अनुसन्धान गर्न उच्चस्तरीय आयोग गठन हुदैँ

    Advertisement

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »