१ फाल्गुन, काठमाडौँ । हिजोआज धेरै युवा विवाहित महिला तर्फ आकर्षित हुने गरेका छन । अविवाहितभन्दा विवाहित युवती तर्फको आकर्षण बढेको एक अनुसन्धानले देखाएको छ । अनुसन्धानमा यसको पछिको कारण पनि बताइएको छ । आखिर पुरुषलाई विवाह गरेको युवती अविवाहित युवतीको तुलनामा किन आकर्षक लाग्छ ? उक्त अनुसन्धानले निम्न तथ्य पत्ता लगाएको छ ।
आत्मविश्वास
विवाह गरेका युवती विवाह नगरेका युवतीको तुलनामा अधिक आत्मविश्वासी हुन्छन । उनीहरुको यही आत्मविश्वासका कारण अविवाहित युवा विवाहित युवतीहरु प्रति आकर्षित हुन्छन । पुरुषहरुलाई विवाहित युवतीले हरेक समस्यालाई राम्रो सँग बुझ्न सक्छिन भन्ने लाग्छ ।
Advertisement
हेरचाह
विवाह गरेका युवतीले विवाह नगरेकाको तुनलामा पार्टनरको धेरै हेरचाह गर्छन । युवालाई यस्तो हेरचाह विशेष मन पर्छ । यही कारण पनि विवाहित युवतीतर्फको आकर्षण बढेको हो ।
हर्मोनमा आएको परिवर्तन
विवाहपछि युवतीको हर्मोनमा परिवर्तन आउँछ । यसका कारण उनीहरुको छालामा चमक आउँछ । युवतीमा आएको यस्तो परिवर्तनले पुरुषलाई आकर्षित गर्छ ।
Advertisement
स्वभाव
विवाह गरेकी युवतीले घर र समाजको सबै व्यवहारलाई सही ढंगबाट व्यवस्थापन गर्न सक्छिन । यसका साथसाथै उनले आफ्ना पीडाहरुलाई लुकाएर पनि मिठो मुस्कान प्रदर्शन गर्न सक्छिन । गोपनीयतामा पनि विवाहित युवती बढी संवेदनशील हुन्छन । यसै कारण युवाहरु विवाहित युवतीतर्फ आकर्षित भएको अध्ययनको निष्कर्ष छ ।
– एजेन्सीको सहयोगमा
टिप्पणीहरू