Close sidebar
  • ताजा
  • लोकप्रिय
  • नक्कली सुन देखाई ठगी गर्ने ५ जना पक्राउ

    २८ माघ, भक्तपुर । नक्कली सुन देखाई ठगी गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका–५ घर भई भक्तपुर बोडे बस्ने ३८ वर्षीय छुल्टीम लामा, ३३ वर्षीय राजेन्द्र तामाङ, २७ वर्षीय चिन बहादुर लामा, सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका–८ बस्ने ४८ वर्षीय जित बहादुर तामाङ र सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका–५ घर भई काठमाडौं मुलपानी बस्ने ३१ वर्षीय मिलन भन्ने दावा दुण्डुप तामाङ रहेका छन ।

    Advertisement

    रामेछाप दोरम्बा गाउँपालिका–४ घर भई भक्तपुर मध्यपुर ठिमी बस्ने २४ वर्षीया महिलालाई १ केजी सुन छ लगानी गर्नुपर्यो बेचेर भागबण्डा गरौंला नाफा हुन्छ भनि सुन जस्तो बस्तु देखाई प्रलोभनमा पारी पीडितबाट ७ लाख ७५ हजार रूपैयाँ ठगी गरेको भन्ने खबर प्राप्त हुनासाथ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय भक्तपुर शाखा र प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उक्त ठगीमा संलग्न उनीहरूलाई भक्तपुर बोडेबाट पक्राउ गरेको हो ।

    उनीहरूमध्ये छुल्टीम लामा, राजेन्द्र तामाङ, चिन बहादुर लामा र जित बहादुर तामाङलाई शुक्रबार र दावा दुण्डुप तामाङलाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।

    Advertisement

    यसैगरी छुल्टीमको साथबाट नगद १ लाख २२ हजार रूपैयाँ र मोबाइल थान, राजेन्द्रको साथबाट नगद १४ हजार रूपैयाँ र मोबाइल २ थान, चिन बहादुरको साथबाट नगद ८६ हजार ५ सय रूपैयाँ र मोबाइल २ थान, जित बहादुरको साथबाट नगद ७४ हजार रूपैयाँ र मोबाइल २ थान तथा दावा दुण्डुपको साथबाट मोबाइल १ थान बरामद भएको छ ।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »