२० माघ, काठमाडौं । बाँसवारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा ठगी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका ९ बस्ने तत्कालिन बाँसवारी छाला जुत्ता कारखाना लिमिटेडका कार्यकारी अध्यक्ष ८० वर्षीय अजित नारायण सिंह थापा, सोही महानगरपालिका २६ बस्ने तत्कालिन च्याम्पियन फुटवयेर लि. र प्रा. लि. का शेयर धनी तथा संचालक ६० वर्षीय अरुण कुमार चौधरी र महोत्तरीको महोत्तरी गाउँपालिका १ बस्ने च्याम्पियन फुटवेयर प्रा.लि. र सिजि चांदवाग रेसिडेन्सी प्रा.लि.का संचालक ४५ वर्षीय संजय ठाकुर रहेका छन ।
Advertisement
मालपोत कार्यालय डिल्लीबजारको २०३७ कार्तिक २० गतेको निर्णयले बाँसबारी छाला तथा जुत्ता कारखाना लिमिटेडको नाममा श्रेस्ता कायम भएको जग्गा मध्ये कानून बिपरीत २०४३ भदौ १० गते बाँसबारी छाला जुत्ता कारखानाको तर्फबाट तत्कालीन कार्यकारी अध्यक्ष अजित नारायण सिंह थापाले अरुण चौधरी समेत संचालक रहेको च्याम्पियन फुटवयेर लिमिटेडको नामक कम्पनी खडा गरी सो कम्पनीको २५५ शेयर लिने गरी क्यानभास जुत्ता उत्पादन गर्ने भनी कारखानाको नाममा १० रोपनी जग्गाको हक हस्तान्तरण गरेको अनुसन्धानको क्रममा खुल्न आएको केन्द्रिय प्रहरीले जनाएको छ ।
उक्त सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पाटले जनाएको छ ।
टिप्पणीहरू