८ पौष, बाँके । छैठौं नेपालगञ्ज महोत्सवमा आज आइतबार चर्चित गायिका प्रिती आले र गायक बसन्त लम्सालको प्रस्तुती रहने भएको छ ।
कृषि प्रबद्र्धन व्यापारिक तथा रोजगार पुर्वधार भन्ने मुल नाराका साथ ए. जि. सर्भिस प्रा. लि. नेपालगञ्जले आयोजना गरेको महोत्सवमा आज चर्चित गायिका प्रिती आले र गायक बसन्त लम्सालको प्रस्तुती रहने सचिवालयले जनाएको छ ।
Advertisement
आयोजकका अनुसार आज प्रिती आले र बसन्त लम्सालले दर्शकलाई भरपुर्ण मनोरञ्जन प्रदान गराउनेमा बिश्वस्त रहेको बताएको छ । यस्तै महोत्सवमा आज प्रकाश सोनी डान्स ग्रुपको समेत प्रस्तुति रह्नेछ ।
यस बाहेक दैनिक महोत्सवमा कुस्ती प्रतियोगिता (दंगल) समेत भईरहेको छ । कुस्ती आज विहान ११ बजे देखि दिउँसो १ बजे सम्म हुने सचिवालयले जनाएको छ ।
Advertisement
यस्तै, महोत्सवका आकर्षकमा विभिन्न खाले बालउद्यान, थारु गाउं, फोटो सेसनका लागि विभिन्न स्टल, नेपाल भारतका चर्चित चर्चित खेलाडी बीच कुस्ती प्रतियोगिता, राष्ट्रिय तथा स्थानिय कलाकारको दमदार प्रस्तुतीका साथ साथै सोनी डान्सको कला प्रस्तुत रहने महोत्सव संयोजक नन्द बुढाले जानकारी गराए ।
हरेक दिन राष्ट्रिय तथा स्थानिय कलाकारको बेजोड प्रस्तुती रहनुका साथ थारु गाउंमा थारु परिकारहरुको स्वाद लिन सकिने आयोजकका संयोजक बुढाले बताए । नेपालगन्ज महोत्सव पौष १७ गतेसम्म संचालन हुने आयोजकले जनाएको छ ।

















टिप्पणीहरू