Close sidebar
  • ताजा
  • लोकप्रिय
  • छाडा पशु चौपाया व्यवस्थापन गर्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र

    इमरान खान
    ७ पौष, कपिलवस्तु । कपिलवस्तुको प्रमुख समस्याको रुपमा रहेको छाडा पशुचौपाया व्यवस्थपन गर्न भन्दै जिल्लाका जनप्रतिनिधि सहितको एक टिमले प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाएको छ ।

    छाडा चौपाया व्यवस्थापन गम्भिर समस्याको रुपमा देखिएकाले उक्त समस्याको समाधानको माग सङ्गै जाजरकोट भुकम्प पीडित प्रधानमन्त्री उद्धार कोषमा जिल्लाको तर्फबाट २२ लाख प्रदान गरिएको हो ।

    Advertisement

    उक्त कार्यक्रमा कपिलवस्तुका प्रतिनिधि सभा सदस्य तथा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री सुरेन्द्र राज आचार्य, राष्ट्रिय सभा सदस्य बिमला घिमिरे, जिल्ला समन्वय समिति प्रमुख बाबुराम आचार्य, बाणगंगा नगरपालिका प्रमुख चक्रपाणी अर्याल, कपिलवस्तु नगरपालिका प्रमुख सुदिप पौडेल, बुद्धभुमि नगरपालिका प्रमुख केशव कुमार श्रेष्ठ, कृष्णनगर नगरपालिका प्रमुख रजत प्रताप शाह, विजयनगर गाउँपालिका प्रमुख गोपाल बहादुर थापा लगायतको उपस्थिती रहेको थियो ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »