२४ मंसिर, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको केन्द्रीय समिति बैठक आज बस्दैछ ।
काठमाडौँमा बिहान ११ बजे बैठक बस्नेछ । बैठकमा अध्यक्ष कमल थापाले मुलुकको पछिल्लो राजनीतिक परिस्थिति, पार्टीको वैचारिक, सांगठनिक र रणनीतिक कार्यदिशाका बारेमा राजनीतिक कार्यपत्र प्रस्तुत गर्ने छन् ।
Advertisement
बैठकमा राजसंस्था र हिन्दुराष्ट्र पक्षधर तथा संघीयता खारेजी चाहनेबीच मोर्चा निर्माण गरि जनआन्दोलनमा जाने कार्ययोजना समेत प्रस्तुत गरिने पार्टीका महामन्त्री राजाराम बर्तौलाले बताए ।
यस्तै, सचिवालय प्रमुख भाष्कर भद्राले सचिवालयको प्रतिवेदन, संगठन विभाग प्रमुख राजाराम बर्तौलाले संगठन सम्बन्धी प्रतिवेदन, कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका रहेको छ ।
















टिप्पणीहरू