२१ मंसिर, काठमाडौँ । एसियाली निर्वाचन सरोकारवाला मंच (Asian Electoral Stakeholder Forum -AESF) को छैठौं सम्मेलन सम्पन्न भएको छ ।
‘दिगो लोकतन्त्रको निर्माणः निर्वाचनका चुनौती र अवसरहरूको सम्बोधन’ विषयक एसियाली निर्वाचन सरोकारवाला मंच (एइएसएफ) को दुई दिने छैठौं सम्मेलनमा काठमाडौँमा सम्पन्न भएको छ । सम्मेलनको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि परराष्ट्र मन्त्री नारायण प्रकाश साउदले गरेका थिए ।
Advertisement
सम्मेलनको उद्घाटन गर्दै परराष्ट्रमन्त्रीले निर्वाचन आयोगले संवैधानिक रूपमा स्वतन्त्र निकायका रूपमा काम गरेको र तीन तहको निर्वाचनलाई पटक पटक सफलतापूर्वक सम्पन्न गरेको बताए । साथै स्वतन्त्र, निष्पक्ष र निष्पक्ष निर्वाचन सुनिश्चित गर्नका लागि विद्यमान निर्वाचन कानुन परिमार्जन गर्न सरकार तयार रहेको समेत बताए ।
यस्तै, उद्घाटन सत्रको अध्यक्ष प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले लोकतान्त्रिक मूल्य, मान्यता र प्रतिबद्धतालाई थप सुदृढ गर्न फोरमले थप मार्गदर्शन दिने विश्वास व्यक्त गर्दै निर्वाचनमा नागरिकको व्यापक सहभागिता खोज्न र लोकतन्त्रलाई परिणाममुखी बनाउन सामूहिक प्रतिबद्धता आवश्यक रहेको जिकिर गरे ।
Advertisement
उद्घाटन सत्रका प्रमुख वक्ता पूर्व भारतीय प्रमुख निर्वाचन आयुक्त एस. वाई. कुरैशीले निर्वाचन व्यवस्थापन सुधारको विषय वृहत, निरन्तर र चुनौतिपूर्ण रहेको र यस्ता फोरमहरुबाट असल अभ्यासको सिकाइ सबै निर्वाचन व्यवस्थापन निकायका लागि एक महत्वपूर्ण अवसरको रुपमा रहने बताए ।
कार्यक्रममा निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधरले सम्पूर्ण सहभागीको स्वागत गर्दै निर्वाचन आयोग, नेपालले सुधारको कामलाई निरन्तर अघि बढाएको बताइन ।
Advertisement
निर्वाचन आयोग, नेपाल र एशियन नेटवर्क फर फ्रि इलेक्शनको संयुक्त आयोजनामा आयोजित यस सम्मेलनमा एसियाली क्षेत्र लगायतका विभिन्न ४० देशका करिव २५० जनाको सहभागीता रहेको थियो जसमध्ये ९ विभिन्न देशका निर्वाचन व्यवस्थापन निकायका २४ जना पदाधिकारीहरु समेत उपस्थित रहेका थिए ।
ब्भ्क्ँ को पहिलो सम्मेलन सन् २०१२ मा थाइल्याण्डमा र त्यस पश्चात क्रमशः टिमोर-लेस्ते (२०१५), इन्डोनेसिया (२०१६), श्रीलंका (२०१८) हुदैँ पाँचौ सम्मेलन (२०२१) काेभिडका कारण अनलाइन सम्पन्न भएको थियो । (एइएसएफ) का प्रत्येक सम्मेलनमा भएका छलफल तथा उपलब्धहरु समेटी घोषणापत्र समेत जारी गर्ने प्रचलन छ । नेपाल र अन्य देशका विज्ञहरूद्वारा सातवटा विषय अन्तर्गत २४ वटा शिर्षकका विषयमा कार्यपत्र प्रस्तुति भएका थिए र प्रस्तुत उक्त विषयहरुमा गहन छलफल पश्चात २७ बुंदे काठमाडौं घोषणापत्र जारी गरिएको उपसचिव एवम् सहायक प्रवक्ता सूर्य प्रसाद अर्यालले जानकारी गराए ।
Advertisement
निर्वाचन प्रणालीमा सामयिक सुधार, निर्वाचन कानूनमा परिमार्जन, प्रविधिमैत्री निर्वाचनको अङ्गीकार, निर्वाचनको निष्ठाको प्रवर्धन, मतदाता शिक्षामा नागरिकको पहुँच विस्तार, समावेशीकरण, मतदान केन्द्रको पूर्वाधार सुधार, निर्वाचन शिक्षामा सामाजिक संजालको प्रयोग, मिथ्या सूचनाको नियन्त्रण, वातावरण मैत्री निर्वाचन, निर्वाचनमा नागरिकको सहभागिता जस्ता प्रमुख विषयहरु उक्त घोषणापत्रमा समेटिएका छन् ।
टिप्पणीहरू