२१ मंसिर, दाङ । लुम्बिनी प्रदेश निजामती ऐन प्रमाणीकरण गरिएको छ ।
लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले प्रदेश निजामती सेवाको गठन सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेका हुन् ।
Advertisement
उक्त विधेयक गत भदौ २२ गते प्रदेशसभाबाट पारित भएको थियो । विधेयक प्रमाणीकरण भएसँगै अब निजामती ऐन कार्यान्वयनमा आउनेछ ।
















टिप्पणीहरू