१६ मंसिर, बाँके । वर्मा कुर्मी सहयोगी हातले नेपालगञ्जमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । ‘रक्तदान जीवनदान’ भन्ने मूल नाराका साथ उक्त संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रममा संस्थाका सदस्यहरु र (कुर्मी) समाजले सहयोगी भूमिका निभाएका छन् ।
दोश्रो पटक रक्तदान कार्यक्रम आयोजना गरेको उक्त संस्थाले नेपालगञ्जको फुल्टेक्रा स्थित फत्तेबाल आँखा अस्पतालको प्रांगणमा आज पनि रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । ६० जना रक्तदाताहरुले आज रक्तदान गरेका कार्यक्रम संयोजक धर्मराज वर्माले बताए ।
Advertisement
वर्मा (कुर्मी) सहयोगी हात बाँकेको अध्यक्ष कौसल कुमार बर्माको संयोजकत्वमा सम्पन्न कार्यक्रममा रक्तदाताहरूलाई कदरपत्र र गम्छा ओडाएर सम्मान गरिएको थियो ।
कार्यक्रमलाई नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवा, बाँकेले प्राविधिक रूपमा सहयोग गरेको थियो ।
Advertisement
रक्तको अभावका कारण कुनैपनि विरामीको अकालमा मृत्यु नहुने भन्ने उद्देश्यका साथ कार्यक्रम गरिएको थियो । यस्तो कार्यक्रमले सामाजिक उत्तरदायित्वमा टेवा पुर्याउने र बिरामीहरुलाई समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
कार्यक्रमका लागी आर्थिक सहयोग युवा नेता शुशील बर्माले गरेका थिए ।
Advertisement
केही दिन अगाडि जाजरकोटमा गएको बिनासकारी भूकम्पमा परी घाइतेहरुलाई रक्तदानले सहयोग हुने आयोजकले जनाएको छ ।
टिप्पणीहरू