Close sidebar
  • ताजा
  • लोकप्रिय
  • दलितको घरमा ब्रतबन्ध गर्न भारतबाट बोलाइए ब्राह्मण

    ५ मंसिर, बर्दिया । बर्दियाको बाँसगढीमा नगरपालिका-९ थुमनी निवासी विर बहादुर सोनीले आफ्नो घरमा भारतको गुजराजबाट पण्डित हरिकृष्ण उपाध्याय र बागेश्वरी मन्दिरका पुजारी शिरोमणी उपाध्याय सहित ४ जना ब्राह्मण ल्याएर घरको अगाडि जग्य स्थापना गरेर आफ्ना दुई छोराहरुको ब्रतबन्ध गरेका छन् ।

    सोनीले घरको पुजामा विभिन्न ब्यक्तित्वहरुलाई निमन्त्रणा गरेका थिए । यस अघि सोनी परिवारमा कोई कसैलाई यसरी ब्रतबन्ध गरीएको थिएन । २०४१ सालमा दैलेखबाट बसाईसरी बर्दियाको थुमनी आएका सोनी परिवार दलित भएकै कारण ब्राह्मण घर आउन मान्दैन थिए । रक्षाबन्धन समेत ब्राह्मणले हातमा लगाईदिने प्रचलन भएपनि विर बहादुरको परिवारलाई डोरी लगाईदिन ब्राह्मण कहिले घर आएनन् । कारण छुवाछूत दलित भएकै कारण तर समय बलवान छ देशमा परिवर्तन भयो ।

    Advertisement

    गणतन्त्र घोषणा पछि नेपालको संबिधान जारी भयो । जुन संबिधानमा छुवाछूत एउटा सामाजिक कसुर र छुवाछूत गर्ने जो कोहिलाई दण्ड जरिवाना सहितको ब्यवस्था गरेको छ । त्यही कारण विर बहादुर सोनीले आफ्नो घरमा ब्राह्मणलाई निम्तो गरी हिन्दु धर्म अनुसार दुई छोराहरुको ब्रतबन्ध गरेका छन् ।

    हिन्दु धर्मावलम्बीहरुले विवाह पुर्व छोराको ब्रतबन्ध गर्ने प्रचलन भएतापनि सोनीको घरमा हालसम्म यसरी पुजा र ब्रतबन्ध गरेका थिएनन् । जेठो छोरा बर्ष २५ को गणेश सोनी र कान्छो छोरा बर्ष २३ को लाल बहादुर सोनीको परिवारमा पहिलोपटक ब्रतबन्ध गर्दा घर परिवार भावुक भएका थिए ।

    Advertisement

    किनकी अहिलेसम्म कसैको पनि यसरी जग्य स्थापना गरेर ब्रतबन्ध गरेका थिएनन् । जातीय कारण यस्तो भएको सोनी परिवारको भनाई रहेको छ । पहिले दलित जतिसुकै धनि भएपनि ब्राह्मण घरमा आउने चलन थिएन ।

    तर गणतन्त्रको उपज थुमनी गाउँमा परिवर्तन भएको छ । भारतको गुजरात राज्यबाट पण्डित हरिकृष्ण उपाध्याय र वागेश्वरी मन्दिर नेपालगन्जका पुजारी शिरोमणि उपाध्यायले ब्रतबन्धको जग्यमा बसेर पुजा गराएका छन् ।

    Advertisement

    विर बहादुर सोनी र सिर्जना सोनीले घरमा जग्य स्थापना गरेर रुद्री पुजा सहित छोराहरुको सोनी परिवारमा पहिलोपटक ब्रतबन्ध गर्दा मुण्डन पश्चात भिक्षु बनेर भिक्षा माग्दै गर्दा सोनी परिवार भावुक भएका थिए ।

    आफ्ना बिगतका दिनहरु सम्झदै स्वर्गीय बुवा पदम बहादुर सुनार र आमा सुकमा सुनारका छोरा बर्ष ४६ का बिर बहादुर सोनीको परिवार दैलेख जिल्लाबाट २०४१ सालमा थुमनी बसाई सरी आएका थिए । बिगतको तितो भोगाइ स्मरण भएपछि परिवारका सदस्यहरु भावुक भएका थिए ।

    Advertisement

    उनी भन्छन, ‘यो ब्रतबन्ध ब्राह्मण ल्याएर आफ्नै घरमा हाम्रो परिवारको पहिलो ब्रतबन्ध हो । त्यसैले हामीले समाजमा भोगेका तिता पलहरु सम्झदा आँखामा नमि आउनु स्वभाविक हो । यो बाँसगढी नगरपालिकाको थुमनी गाउँमा यसरी दलित परिवारको घरमा वागेश्वरी मन्दिरका पुजारी ब्राह्मण आएर ब्रतबन्ध गराउने उनको पहिलो परिवार भएको छ ।’
    उनले थप भने, ‘धेरै सामाजिक संस्कारबाट हामी बञ्चित भएका थियौं । यही कारण पनि आफुले आफ्नो पारिवारिक अवस्था माथि उठेतापनि गाउँको ममता सामाजिक पहिचानका कारण गाउँमै बसेका छौँ ।’

    आफुले गाउँ रोज्नुको कारण पनि गाउँमा फरक तरिकाले अबको समाज परिवर्तन गर्न आवश्यक रहेको उनी बताउँछन् ।
    ‘धेरैलाई घमण्ड हुने गर्छ हजारौं यस्ता उदाहरण हामीले देखेका भोगेका छौँ तर हामी परिवर्तन हुनेनै भए पहिला आफु बसेको समाज गाउँबाट शुरूवात गर्ने उदेश्यका साथ घरमा ब्राह्मण ल्याएर पुजा सप्पन्न गरेका हौँ ।’

    गाँउबाट नै परिवर्तन शुरूवात गर्ने बताउदैँ शहर भने परिवर्तन भैसकेको सुनाए । गाउँ र स्थानीय ठाँउ यहाँको परम्परा धर्म संस्कृतीलाई समय अनुसार परिवर्तन गर्ने आफ्नो सोच भएको सोनीले बताए । उनी पशुपति दर्शन टुर एन्ड ट्राभल्स प्रा.लि.नेपालगञ्जका अध्यक्ष समेत हुन ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »