Close sidebar
  • ताजा
  • लोकप्रिय
  • विभिन्न पदमा चारसय कर्मचारी माग

    २४ कार्तिक, काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले विभिन्न तहमा झण्डै चार सय कर्मचारीको माग गरेको छ ।

    प्राधिकरणले शुक्रबार राष्ट्रिय दैनिक गोरखापत्रमा एक सूचना प्रकाशित गरी दसौँ तह सहनिर्देशक देखि तेस्रो तह सम्मको प्रशासन तथा प्राविधिक तर्फका विभिन्न पदमा आवेदन मागेको हो ।

    Advertisement

    प्राधिकरणले दसौँ तहमा प्रशासन तर्फ एक सहनिर्देशक, प्राविधिकतर्फ एक प्रबन्धक, ३ जना उपप्रबन्धक, सहायक निर्देशक, सहायक प्रबन्धक, प्रशासकीय अधिकृत, लेखा अधिकृत, कानुन अधिकृत, इन्जिनियर लगायत सहायक स्तरका विभिन्न पदहरूमा दरखास्त आह्वान गरेको हो ।

    यसैगरी प्राधिकरणले विभिन्न प्रदेशका लागि मिटररिडिङ सुपरभाइजर, लेखापाल, सुपरभाइजर, सिनियर मिटर रिडर, सहायक लेखापाल, फोरमेन, इलेक्ट्रिसियन र जुनियर मिस्त्री लगायतका पदका लागि पनि दरखास्त आह्वान गरेको छ । योग्यता पुगेका व्यक्तिहरूले मंसिर १४ गतेसम्म दरखास्त दिइसक्नुपर्नेछ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »