Close sidebar
  • ताजा
  • लोकप्रिय
  • भूकम्प पीडितका लागि एनसेलको सहयोग, प्रदेश सरकारलाई ५० लाख हस्तान्तरण

    २३ कार्तिक, काठमाडौँ । एनसेल आजियाटा लिमिटेडले भूकम्प पीडितको सहयोगार्थ बिहीवार कर्णाली प्रदेश सरकारलाई ५० लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।

    एनसेलका तर्फबाट चिफ रेगुलेटरी एण्ड लिगल अफिसर विशाल उपाध्यायले सुर्खेत स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सुर्खेत पुगेर ५० लाखको चेक हस्तान्तरण गरेका हुन ।

    Advertisement

    कणर्ाली प्रदेश सरकारका उद्योग, वन तथा पर्यटनमन्त्री कृष्णबहादुर बीसीलाई एक कार्यक्रम बीच चेक हस्तान्तरण गरेका थिए ।

    भूकम्प प्रभावितलाई आवश्यक सहयोग प्रदान गर्न कम्पनी प्रतिबद्ध रहेको एनसेलले जनाएको छ ।

    Advertisement

    यस सँगै भूकम्प पीडितको सहयोगमा एनसेलले झण्डै १ करोड रुपैयाँ खर्च गरेको छ ।

    गत कार्तिक १७ गते जाजरकोट केन्द्रविन्दु भएर भुकम्प गएको थियो । जसबाट १५३ जनाको मृत्यु भएको छ । यस्तै ३६४ जना घाइते हुनका साथै थुप्रै भौतिक तथा सम्पत्तिको क्षति भएको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »