Close sidebar
  • ताजा
  • लोकप्रिय
  • जर्मनीले सङ्कटग्रस्त उद्यमहरूका लागि बिजुलीको मूल्यमा राहत दिने घोषणा

    २३ कार्तिक, काठमाडौँ । जर्मनीले बिहीबार विनिर्माण क्षेत्रका लागि बिजुलीमा कर कटौती सहित एक विशाल राहत प्याकेजको घोषणा गरेको छ ।

    बर्लिनले कोभिड महामारी र युक्रेन युद्धका कारण निकै प्रभावित बनेको अर्थव्यवस्थालाई गति दिन खोजेको हो ।

    Advertisement

    आर्थिक विश्लेषकहरूले यस वर्षको अन्त्यसम्ममा जर्मनीले व्यापक मन्दीको सामना गर्ने अनु्मान गरेका छन् ।

    चान्सलर ओलाफ स्कोल्जले राहत कार्यक्रमबारे भने, ‘सरकार अर्थतन्त्र सुधारका लागि धराशायी बनेका उद्यमहरूलाई प्रोत्साहन गर्न तत्पर छ । यसका लागि, आगामी वर्षमा मात्रै राहत १२ अर्ब युरो (१२.८ अर्ब अमेरिकी डलर) पुग्नेछ ।’

    Advertisement

    सन् २०२४ र सन् २०२५ मा उत्पादन क्षेत्रका लागि विद्युत कर हालको १.५३७ सेन्ट प्रति किलोवाटबाट घटाएर ईयूको न्यूनतम ०.०५ सेन्ट प्रति किलोवाटमा झारिने सरकारको पछिल्लो घोषणामा उल्लेख छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »