६ कार्तिक, बाँके । जौ खाद्य पदार्थको दृष्टिले पौष्टिक हो भने स्वास्थ्यको दृष्टिले पनि औषधिको रूप मानिन्छ । पछिल्लो समय जमराको जुस लोकप्रिय पनि छ । वैदिक ग्रन्थमा जौलाई रोग निको गर्ने, यज्ञयज्ञादिमा उपयोगी, शक्ति प्रदायक वस्तुका रूपमा लिइएको छ । यही जौको जमरालाई प्रसादको रुपमा प्रयोग गरिन्छ ।
हिन्दूहरुको महत्त्वपूर्ण पर्व बडादशैं र जमरा नेपाली मौलिक संस्कृति एवं परम्पराका पर्याय हुन् । घटस्थापनाको दिन छरेर उमारिएको जौं, गहुँ र मकैका पहेँला आँकुरा अर्थात् जमरालाई दसैंको टीकासँगै देवीको प्रसादको रुपमा लगाइन्छ । यसरी लगाइने जमराको आफ्नै धार्मिक तथा शास्त्रीय महत्त्व छ ।
Advertisement
विजया दशमीको पहिलो दिन, आश्विन शुक्लप्रतिपदामा पूजाकोठामा चोखो बालुवा अथवा माटोमा धार्मिक अनुष्ठान गरी शुभसाइतमा जौं, गहुँ र मकै बाक्लोगरी छरेर उमारिएको पहेँलो आँकुरा नै जमरा हो । दसैंबाहेक अन्य पर्व र पूजाअनुष्ठानमा भने जमरा राखिँदैन । जौं रोपिएको घडामा नवदुर्गाको आहृवान गरी १० दिनसम्म पूजा आराधना गरिन्छ । दशैंको दिन देवीको प्रसादका रूपमा टीकासँगै जमरा लगाउने परम्परा नेपाली हिन्दूहरुको मात्र हो ।
जमराको अचार, सलाद, तरकारी, सर्वतजस्ता विभिन्न परिकार बनाएर खान सकिन्छ । जौका जमरा सेवनले छालाको सौन्दर्य बृद्धि हुन्छ । जापानस्थित हाजिवारा इन्टिच्युट अफ हेल्थले गरेको जौका जमरा सम्बन्धी अध्ययनले शरीर बढ्ने, स्वास्थ रहने र तन्द्रुस्त राख्न जमरा सहयोगी खाद्य बस्तु हो, भन्ने पुष्टि भएको छ ।
Advertisement
क्यालिफोर्निया स्थित ला जोला विश्वविद्यालयका एक जीवविज्ञले जमरामा पिफोर डी वान भन्ने तत्व हुने पत्ता लगाए । यसले शरीरलाई फुल्न र सुजन हुनबाट जोगानुका साथै डिएनएको संरक्षण गर्छ । जसले गर्दा कोषिकाको आयु लम्बिन्छ र बुढौली ढिला हुन्छ । दाँतको समस्या हुँदा मुख सुन्निने समस्या, विभिन्न छालासम्बन्धी रोग हुनबाट जौका जमराले जोगाउँछ । जौका जमरा स्टेरोइड नामक शक्तिबद्र्धक औषधि भन्दा राम्रो हुन्छ ।
जमराको जुसमा पाउने पौष्टिक तत्व हुने तर, तीतो नुहुँने भएकोले प्रयोग जुसको रूपमा सकिन्छ । यसमा अर्गानिक र सोडियाम हुने भएकोले जलवियोजनको समस्या भएकाहरुलाई निकै फाइदा गर्छ । प्रत्येक एक ग्राम जौका जमरामा ७७५ मिलिग्राम अर्गानिक सोडियम हुन्छ । यसले रक्त प्रवाहमा हुने क्याल्सियामलाई रगतसँग घुलिएर वग्न मद्दत गर्छ । शरीरका जोर्नीहरुमा जम्मा हुने क्याल्सियामपन घोलिन मद्दत गरी नसाहरु सन्तुलित राख्छ ।
Advertisement
अमेरिकाको विज्ञान प्रविधि स्रोत अनुसन्धान संस्थाले गरेको अनुसन्धानअनुसार भिटामिन, खनिज, क्लोरोफिलको हुन्छ । यसमा गाईको दूधमा भन्दा ३० गुना बढी भिटामिन बि, तथा पालुङ्गोको भन्दा ३ दशमलव ३ गुना भिटामिन पाइन्छ । त्यस्तै ६ दशमलव ५ गुनावेसी क्यारोटिन, ५ गुना बढी आइरन पाइन्छ । त्यस्तै गाईको दूधमा भन्दा ११ गुना बढी क्याल्सियम, सुन्तलामा भन्दा ७ गुना बढी भिटामिन पाइन्छ ।
जमराको जुस आफैंमा राम्रो हो। तर हामीले जमराको जुस उमार्ने बेला कुनै विषादी मलको प्रयोग गर्नु भएन। पानी र माटो शुद्ध हुनुप¥यो। बनाउने मेसिन र खाने भाँडा सफा हुनुपर्यो।
भारत तथा युरोपेली देशमा जमराको जुसबारे धेरै अनुसन्धान भएका छन्। जसमा शरीरलाई जमराको जुस फाइदाजनक मानिएको छ। कुनै पनि विषादी प्रयोग नगरी शुद्ध रुपमा उमारिएको जमराले स्वास्थ्यलाई फाइदा गर्ने कुरा अध्ययनले नै देखाएको छ।
Advertisement
कुनै आर्युवेद चिकित्सकले जमराको जुसलाई कुनै उपचारका लागि प्रेस्काइब गर्नु हुँदैन। यो कुनै रोगको उपचारका लागि होइन। तर स्वस्थ रहन प्रकृतिमा पाइने धेरै चिजमध्ये जमराको जुस स्वास्थ्यका दृष्टिकोणले आफैंमा राम्रो रहेको छ। तर यसो भन्दैमा आफ्नो स्वास्थ्य अवस्था राम्रो छैन, जस्तै– सिरोसिस जस्ता समस्या छ भने यसको सेवन गर्नु हुँदैन। दीर्घ रोगी र अरु बिरामीहरुले पनि आफ्नो स्वास्थ्यका विषयमा चनाखो रहेर चिकित्सकसँग सल्लाह गरेर मात्रै पिउनु पर्छ।
शरीरमा रहेको मन्द प्रकारको विषलाई पखालेर रगत शुद्धीकरण गर्न जमराको जुस राम्रो मानिन्छ। जसले गर्दा शरीरका अन्य अंगहरु प्रकृतिक हिसाबले सुचारु हुन्छन्।
लामो समयसम्म कुनै औषधि प्रयोग नगरी स्वस्थ रहन पनि जमराको जुसको महत्व छ। रोग रोकथामका लागि जमराको जुस प्रयोग गर्न सकिन्छ तर उपचारका लागि होइन।
– एजेन्सी

















टिप्पणीहरू