६ कार्तिक, काठमाडौँ । एसीसी यू-१९ प्रिमियर कप क्रिकेटको उपाधिका लागि फाइनलमा भिड्न नेपालले यूएई प्रतिद्वन्द्वी पाएको छ । जापानलाई हराएर फाइनल प्रवेश गरेको नेपालले उपाधिका लागि यूएईलाई प्रतिद्धन्दी पाएको हो ।
शनिबार भएको खेलमा यूएईले सिंगापुरलाई १० विकेटले हराउँदै फाइनलमा पुगेको छ । फाइनल खेल मलेसियाको क्लालाम्पुर स्थित बायुमास ओवलमा नेपाली समय अनुसार मंगलवार बिहान सवा ७ बजे हुनेछ ।
Advertisement
दुवै खेल वर्षाले प्रभावित बन्दा नेपालले जापानको यू-१९ टिमलाई १४३ रनको अन्तरले हराएको थियो ।
नेपालले समूह चरणमा साउदी अरब, बहराइन र इरानलाई पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको थियो । प्रतियोगितामा नेपाल अपराजित टोली हो ।
Advertisement
नेपाल र यूएई फाइनल प्रवेश गरेसँगै यू-१९ एसिया कपका लागि छनोट भएका छन् ।
सिंगापुर र जापानले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् । विजेता टोली पनि एसिया कपमा छनोट हुनेछ ।
टिप्पणीहरू