एजेन्सी
२६ असोज, काठमाडौँ । इजरायलले गरेको हवाई आक्रमणमा सिरियाका दुई मुख्य विमानस्थलको सेवा प्रभावित भएको छ । इजरायली आक्रमणका कारण राजधानी दमास्कस र उत्तरी सहर अलेप्पोका विमानस्थलमा पटक-पटक उडान बन्द हुँदै आएको छ ।
आक्रमणबाट दुई विमानस्थलको अवतरणका लागि छुट्याइएको धावनमार्गमा क्षति पुगेको सिरियाली सञ्चारमाध्यमलाई उद्धृत गरी समाचार संस्था एएफपीले जनाएको छ । सिरियामा एक दशकभन्दा लामो समयदेखि चलेको युद्धका क्रममा इजरायलले आफ्नो उत्तरी छिमेकी देश माथि सयौँ हवाई आक्रमण गरेको छ ।
Advertisement
जसमा मुख्यतः इरान समर्थित सेना र लेबनानी हिजबुल्लाहका लडाकुका साथै सिरियाली सेनाका स्थानहरूलाई लक्षित गरिएको छ । हमासलाई समर्थन गर्ने इरानले गएको शनिवारदेखि इजरायलमाथि हमासले गरेको आक्रमणको पनि समर्थन गरेको छ ।
टिप्पणीहरू