Close sidebar
  • ताजा
  • लोकप्रिय
  • इजरायलको द्वन्द्वग्रस्त क्षेत्रमा फसेका नेपालीलाई लिन आफै गए परराष्ट्रमन्त्री

    २५ असोज, काठमाडौँ । इजरायलमा फसेका नेपालीलाई लिन परराष्ट्रमन्त्री एनपी साउद गएका छन । इजरायलको द्वन्द्वग्रस्त क्षेत्रमा रहेका नेपालीलाई लिन परराष्ट्रमन्त्री गएका हुन ।

    आज बिहान ४ बजे नेपाल एअरलाइन्सको वाइडबडी जहाज दुबई हुँदै इजरायलको लागि त्रिभुवन विमानस्थलबाट उडेको छ । नियमित उडानमा रहेका यात्रुलाई दुबई ओरालेपछि जहाज त्यहाँबाट इजरायल उड्ने तालिका छ ।

    Advertisement

    जहाज गएराति ११ बजेर ३० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्ने तालिका भए पनि ढिलो गरी उडेको छ ।

    परराष्ट्रमन्त्री सँगै मन्त्रालयका सहसचिव शरद आरण पनि इजरायल गएका हुन । पहिलो चरणमा आज २ सय ५४ जनालाई स्वदेश ल्याएपछि फेरि अरुलाई लिन जाने परराष्ट्र मन्त्रालयले जनाएको छ । इजरायलमा रहेका नेपालीमध्ये स्वदेश फर्कने इच्छा राख्दै ३ सय ५० जनाभन्दा धेरैले नाम टिपाएका छन् । अहिले कामको लागि गएका नेपालीभन्दा पनि पढ्न गएका २ सय ६५ जनाले नै नेपाल आउन चासो देखाएकाले उनीहरुलाई पहिलो प्राथमिकता दिइएको मन्त्रालयले जनाएको छ ।

    Advertisement

    इजरायलमा प्यालेस्टाइनी विद्रोही लडाकु समूह हमासको आक्रणमा परेर १० नेपाली विद्यार्थीको ज्यान गएको थियो । इजरायल सरकारले युद्धको घोषणा गरेको अवस्थामा शव हस्तान्तरणको विभिन्न कानुनी प्रक्रिया रहेकाले उनीहरुको शव तत्काल ल्याउन ढिलाइ हुने भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार बेपत्ता रहेका विपीन जोशीको अवस्था अझै थाहा हुन सकेको छैन । घाइते चार जनामध्ये एकजना डिस्चार्ज भएका छन् । युद्धग्रस्त क्षेत्रमा खतरामा रहेका १ सय २७ जनालाई सुरक्षित ठाउँमा सारिएको पनि मन्त्रालयले जनाएको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »