संजय कुशवाहा
२४ भदौ, नवलपरासी । पश्चिम् नवलपरासीको सरावल गाउँपालिकामा स्रोत नखुलेको २० लाख रुपैयाँ सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सरावल गाउँपालिका वडा नं. ७ भुजहवा स्थित झरही खोलाको पुलको बीच भागमा नम्बर प्लेट नराखिएको शंकस्पद मोटरसाइकलमा सवार आएका व्यक्तिहरूलाई शङ्का लागि चेकजाँच गर्दा उनीहरूको साथबाट कम्मर पेटीमा राखेको अवस्थामा उक्त रकम फेला परेको हो ।
Advertisement
पक्राउ पर्नेमा पाल्हीनन्दन गाउँपालिका वडा नं. २ बस्ने २४ वर्षिय रामपत गुप्ता र सोही ठाउँ बस्ने ३८ वर्षिय गफ्फार राईन कुजडा रहेका छन् । १ हजार १ सय ९० थान एक हजारका र १ हजार ६ सय २० थान ५ सयको नोट रहेको छ ।
स्रोत खुलाउन नसकेपछि पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।
टिप्पणीहरू