२२ भदौ, बाँके । बाँकेको जानकी गाँउपालिकाकी उपाध्यक्षले पालिकाले पटक पटक आफ्नो अधिकार हनन् गर्दै आएको बताएकी छन ।
उपाध्यक्ष राम प्यारी यादवले गाँउपालिकाले स्थानीय तहको चुनाव भएको करिब डेढ वर्ष वितिसक्दा समेत कार्यभारको जिम्मेवारी बोध गर्न नपाएको गुनासो गरिन । कुनै कारणवस गाँउपालिका अध्यक्षले कार्यवाहक दिन चाहेमा उपाध्यक्षलाई जिम्मेवारी दिने र उपाध्यक्षको समेत अनुपस्थितीमा सदस्यलाई कार्यवाहक दिन मिल्ने कानुनी प्रावधान रहेको छ ।
Advertisement
गाँउपालिका अध्यक्ष छब्बन खाँले स्वास्थ्य परीषणका लागि आफु काठमाडौँ जानुपर्ने कारण देखाउदै भदौ १८ गते जानकी गाँउपालिका वडा नं. ६ का वडाध्यक्ष जगदिश प्रसाद हरिजनलाई कार्यभार दिएका छन ।
अध्यक्ष खाँले भदौ १९ गते देखि २५ गते सम्मका लागि आर्थिक कारोबार बाहेकका गाँउपालिका अध्यक्षले गर्नुपर्ने अन्य दैनिक कामकाजको लागि वडाध्यक्ष हरिजनलाई कार्यवाहकको जिम्मेवारी दिएका छन ।
Advertisement
जस पश्चात गाँउपालिकाकी उपाध्यक्ष यादवले उक्त विषयमा विरोध गर्दै पालिकाले पटक पटक आफ्नो अधिकार हनन् गर्दै आएको बताएकी छन ।
उनले आफु कारणवस कार्यभार गर्न नसक्ने भएको अवस्थामा सदस्यलाई जिम्मेवारी दिनु स्वाभाविक रहेको तर आफु जिम्मेवारी वहन गर्न सक्ने हुदाँ हुदैँँ पालिकाले आफ्नो अधिकारबाट बञ्चित गर्दैआएको बताएकी छन ।
Advertisement
उनले नाईल खबर मार्फत आफ्नो आक्रोश पोख्दै भनिन्, ‘उपाध्यक्ष हुदाँ हुदैँ सिधैँ सदस्यलाई कार्यवाहक दिनपाउने कुन कानूनी व्यवस्थामा लेखेको छ ? यहाँका कर्मचारी समेत मेरो कुरा सुन्दैनन् । एउटा चिठ्ठी बनाउन लगाउदा समेत अध्यक्ष संग सल्लाह गर्नुपर्ने जवाफ दिने गरेका छन । कार्यवाहक भएपनि उपाध्यक्ष त स्वत हुन्छन । त्यही पनि कर्मचारीको यस्तो रवैया छ ।’
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १६ को उपदफा १ बमोजिम सात दिन भन्दा बढी समय गाँउपालिका वा नगरपालिकामा अनुपस्थित हुने भएमा उपाध्यक्ष वा उपमेयरलाई कार्यभार दिने र उपाध्यक्ष वा उपमेयर पनि अनुपस्थित भएमा कुनै सदस्यलाई कार्यभार दिने व्यवस्था रहेको छ ।
Advertisement
अध्यक्ष खाँले कुन ? कानूनी व्यवस्थालाई टेकेर कार्यभार सिधै सदस्यलाई दिएका छन भन्ने आफुलाई जवाफ चाहिएको उपाध्यक्ष यादवले बताईन ।
गाँउपालिका लेखा अधिकृत एवं निमित्त प्रशासकीय अधिकृत मतिन अहमद अन्सारीले यो एक तर्फी आरोप मात्रै रहेको स्पष्ट पारेका छन । अध्यक्ष वा उपाध्यक्ष भए पनि कर्मचारीले सामान रुपमा उनीहरुको निर्देशनमा कार्य संचालन गर्नेगरेका छन ।
उनले कर्मचारीको विषयमा प्रस्ट पार्दै भने, ‘त्यस्तो केही पनि होइन । उहाँको मनको कुरा हो, समयमै अफिस नआईदिने र काम पनि नगर्दिने, उपाध्यक्ष आफै टाढा टाढा बस्नुहुन्छ । उहाँको कोर्डिनेशनमा समस्या छ । उहाँ प्राय अरुको कुरा सुन्नेगर्नुहुन्छ ।’
टिप्पणीहरू