१८ भदौ, बाँके । नेपाल प्रेस युनियन बाँकेले हिन्दु महिलाहरुको पर्व हरितालिकाको अवसरमा तीज विशेष खोजमुलक स्टोरी लेखन प्रतियोगिता गर्ने भएको छ ।
प्रेस युनियन बाँके शाखाको बैठकले बाँकेमा क्रियाशिल महिला पत्रकारहरुलाई लक्षित गरेर तीज सम्बन्धी खोजमुलुक स्टोरी लेखन प्रतियोगिता गर्ने निणर्य गरेको सचिव भिष्म लोधले जानकारी गराए ।
Advertisement
स्टोरी लेखन प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुने महिला पत्रकारलाई नगदसहित पुरस्कृत गर्ने शाखाले निणर्य गरेको छ ।
तीज पर्वको अवसरलाई युनियन बाँकेले रचनात्मक काम गर्ने उद्देश्यले तीज विशेष खोजमुलक स्टोरी लेखन प्रतियोगिता गर्न लागेको हो ।
Advertisement
युनियन बाँके शाखाले प्रतियोगितामा सहभागिताको लागि बाँकेमा क्रियाशिल सम्पुणर् महिला पत्रकारलाई सार्वजनिक रुपमा आह्वान समेत गरेको छ ।
यसैगरी नेपाल प्रेस युनियन बाँकेका संस्थापक स्वर्गीय पन्नालाल गुप्त ‘चाचा’को ९५औं जन्मजयन्तीको अवसरमा शाखाले विविध कार्यक्रम गर्ने निणर्य गरेको छ ।
Advertisement
युनियन बाँकेले संस्थापक अध्यक्ष गुप्तको जन्मजयन्तीको अवसरमा आगामी यही भाद्र २६ गते पत्रकारहरुका लागि निःशुल्क स्वास्थ्य परीक्षण शिविरको आयोजना गर्ने भएको हो ।
बाँकेको पत्रकारितामा महत्वपुर्ण योगदान दिनुभएका संस्थापक अध्यक्ष गुप्तको जीवनी विशेष बिचार गोष्ठी समेत गर्ने निणर्य गरिएको सचिव लोधले जानकारी दिए । गोष्ठीमा गुप्तले मोफसलको पत्रकारिता क्षेत्रको विकासमा पुर्याएको योगदान र पत्रकारिताको बारेमा चर्चा गरिनेछ ।

















टिप्पणीहरू