संजय कुशवाहा
१८ भदौ, नवलपरासी । पश्चिम नवलपरासीमा प्रहरीले करिब ११ लाख ५० हजार मुल्य बराबरको अवैध चिनी बरामद गरेको छ ।
सरावल गाउँपालिका वडा न. ३ भिमटाँडी स्थित हुलाकी सडक खण्डमा प्रहरी चौकी बासाबाट प्रहरी सहायक निरीक्षक विरेन्द्र चौधरीको कमाण्डमा खटिएको प्रहरी टोलीले पुर्वबाट पश्चिम तर्फ जादै गरेको बाग्मती प्रदेश ०३-००१ च ०३०४ नम्बरको पिकअप गाडीलाई चेकजाँच गर्ने क्रममा ५० किलोको (५० बोरा) चिनी फेला परेपछि नियन्त्रणमा लिईएको हो ।
Advertisement
उक्त चिनी अन्दाजी मुल्य १ लाख ५० हजार बराबर र गाडीको अन्दाजी मुल्य १० लाख बराबर रहेको प्रहरीले अनुमान गरेको छ । नियन्त्रणमा लिईएको पिकअप गाडी र चिनी सहित पिकअप चालक रामग्राम नगरपालिका वडा न. ७ देउरवा बस्ने वर्ष ३० को सन्तोष कुमार तेलीलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि भन्सार कार्यालय पठाउने कार्य भइरहेको छ ।
बरामद भएको चिनी कस्को हो भन्ने बिषयमा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
















टिप्पणीहरू