४ भदौ, काठमाडौँ । प्रधानन्यायाधीशमा विश्वम्भर प्रसाद श्रेष्ठ नियुक्त भएका छन । संसदीय विशेष सुनुवाइ समितिले आज श्रेष्ठको नाम सर्वसम्मतिले पारित गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई नियुक्त गरेका हुन ।
श्रेष्ठ विरुद्ध तीन वटा उजुरी परेका थिए । आज बिहान समितिले गरेको सुनुवाइपछि प्रधानन्यायाधीशमा श्रेष्ठको नाम सर्वसम्मत अनुमोदन गरेको थियो ।
Advertisement
श्रेष्ठले संसदीय सुनुवाइ समिति समक्ष न्यायपालिका सुधारका लागि आफ्नो कार्ययोजना सहित धारणा व्यक्त गरेका छन । श्रेष्ठले १४ महिना सर्वोच्च अदालतको नेतृत्व गर्नेछन ।
टिप्पणीहरू