Close sidebar
  • ताजा
  • लोकप्रिय
  • नक्कली भुटानी शरणार्थी प्रकरण : फरार रहेका केशव तुलाधर पक्राउ

    २८ असार, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका एक जना पक्राउ परेका छन ।

    काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा काठमाडौँ असनका केशव तुलाधर रहेको काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

    Advertisement

    उनकाअनुसार जाहेरवाला गजेन्द्र बुढाथोकी लगायतका व्यक्तिहरुलाई ठगी गर्ने कार्यमा संलग्न भएको आरोप लागेका र फरार तुलाधरलाई सानो भर्‍याङबाट पक्राउ गरिएको हो ।

    पक्राउ परेका तुलाधरलाई ठगी तथा सङ्गठित अपराध समेतको कसुरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर, टेकु पठाइएको काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयले जनाएको छ ।

    Advertisement

    तुलाधरसँगै नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या १९ पुगेको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »