Close sidebar
  • ताजा
  • लोकप्रिय
  • सामाजिक सञ्जालको दुरुपोग गरी ठगी गर्ने ७ जना पक्राउ, १ अर्ब ९ करोड बढीको कारोबार

    २८ असार, उदयपुर । सामाजिक सञ्जालको दुरूपयोग गरी रकम ठगी गरेको अभियोगमा झापा बिर्तामोड नगरपालिका-५ ईन्द्रटोल बस्ने भारत उत्तराखण्ड पौडी गढवाल भृगुखाल घर भएका २५ वर्षीय प्रविण भट्ट सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    उदयपुर कटारी नगरपालिका-४ बस्ने ३६ वर्षीया महिलालाई सामाजिक सञ्जाल फेसबुकको म्यासेन्जर तथा ह्वाट्सएप मार्फत कुराकानी हुँदै जाँदा तपाईलाई सामान र अमेरीकी डलर ७० हजार पठाइदिएको छु भन्दै त्यसको ट्याक्स वापत १ लाख ३० हजार ६ सय २७ रुपैयाँ पठाउन लगाई ठगी गरेको खुल्न आएपछि उनीहरुलाई विभिन्न मिति र स्थानबाट प्रहरीले पक्राउ गरेको   हो ।

    Advertisement

    साथै उनीहरुले खोलेको संस्थाको खातामा एक वर्षमा १ अर्ब ९ करोड १ लाख ४२ हजार ३ सय ९३ रुपैयाँको कारोबार भएको अनुसन्धानको क्रममा खुल्न आएको छ ।

    उनीहरुउपर मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) र संगठीत अपराध सम्बन्धी कसूरमा जिल्ला अदालत उदयपुरबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »