२६ असार, बाँके । सरकारले धानको समर्थन मूल्य तोकेको छ । मङ्गलवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले धानको समर्थन मूल्य तोकेको हो ।
सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माका अनुसार बैठकले मोटा धानको प्रतिक्विन्टल ३ हजार १ सय ९८ र मध्यम धानको प्रतिक्विन्टल ३ हजार ३ सय ६२ रुपैयाँ समर्थन मूल्य तोकेको हो ।
Advertisement
सरकारले कृषि मन्त्रालयको प्रस्तावमा धानको समर्थन मूल्य तोकेको बुझिएको छ ।
यस अघि सरकारले आर्थिक वर्ष २०७९/८० का लागि मोटा धानको प्रतिक्विन्टल २ हजार ९ सय ६७ र मध्यम धानको प्रतिक्विन्टल ३ हजार १ सय २८ रुपैयाँ समर्थन मूल्य तोकेको थियो ।
Advertisement
यसअघि सरकारले समयमै मूल्य नतोक्दा व्यवसायीले मनोमानी मूल्यमा धान खरिद गर्दै आएका थिए । किसान भने कम मूल्यमा बेच्न बाध्य थिए ।
टिप्पणीहरू