१७ जेठ, बाँके । स्थानीय तहले बैंक मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेपछि नेपालगञ्जको चर्को गर्मीमा लाभग्राहीलाई सास्ती भएको छ ।
सामाजिक सुरक्षा भत्ता वितरणमा अनियमितता हुन थालेपछि सबै स्थानीय तहले सामाजिक सुरक्षा भत्ता वितरणमा बैंकिङ प्रणाली अपनाएका छन् । सामाजिक सुरक्षा भत्ताका लागि बैंक खाता खोल्न र भुक्तानीका लागि बैंक पुग्नु परेपछि ज्येष्ठ नागरिक, एकल महिला र अपांगता भएका व्यक्तिले सास्ती भोग्नु परेको छ ।
Advertisement
नेपालगञ्ज उपमहानगरपालिकामा प्रयाप्त मात्रामा सम्झौता भएको राष्ट्रिय वार्णिज्य बैंकको शाखा नहुदाँ लाभग्राहीको सोमबार लाम लागेको थियो । चर्को गर्मीमा ३-४ घण्टाको पर्खाइ पछि मात्र पालो आउने गरेको र वरीपरी पिउने पानीको व्यवस्था समेत नरहेकोले दुःख भोग्नु परेको लाभग्राहीले बताउँछन ।
हुन त स्थानिय निर्वाचनमा मेयर प्रशान्त विष्टले आफ्नो एजेण्डामा समाजिक सुरक्षा भत्ता घरमै पुर्याउने वाचा गरेका थिए । तर हाल सम्म उक्त सुविधा लाभग्राहीले महसुस गर्न पाएका छैनन् ।
Advertisement
यता राज्यबाट सुविधा प्राप्त एसीमा बसेका नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले आफु यस बिषयमा गम्भिर रहेको र बैंक संग एक्सटेन्सन ब्रान्च खोल्ने विषयमा समन्वय भईरहेको बताए ।
मेयर विष्टले भने, ‘विषेश गरी समाजिक सुरक्षा भत्तालाई जनताको घरदैलो सम्म व्यवस्थापन राज्यको स्थानिय सरकारको दायीत्व हो । हामीले गनुपनि पर्छ र मैले निर्वाचनमा पनि भनेको थिए र आज पनि म त्यसमा प्रतिबद्ध छु ।’
Advertisement
उनका अनुसार राष्ट्रिय वार्णिज्य बैंक सरकारी कार्यालय रहेको हुनले स्थानिय तहका सबै जनप्रतिनिधिको सहमतीमा उक्त बैंक मार्फत कारोबार गरिएको हो । भत्ता बैंकिङ्ग प्रणाली मार्फत वितरण गनुपरेको र नेपालगञ्जमा वार्णिज्य बैंकको दुई वटा मात्र शाखा रहेको हुदाँ ढिलासुस्ती भएको हो ।
उनले आम नागरिकमा सूचना गर्दै भने, ‘समाजिक सुरक्षा भत्ता हामीले त्यही दिन वा भोली पल्ट लिएनौ भने फर्किएर जान्छ भन्ने आम नागरिकमा भ्रम फैलिएको छ । र एकै पल्ट आउदा बढी भिडभाड हुने गरेको छ ।’
Advertisement
मेयर विष्टका अनुसार वार्णिज्य बैंकले असाढ भित्र नेपालगञ्जको विभिन्न ठाँउमा ४ वटा एक्सटेन्सन ब्रान्चहरु खोल्ने आश्वासन दिएको छ । यस विषयमा उपमहानगरपालिलका कडाईका साथ लागेको उनले बताए ।
मिडियाकर्मीको प्रश्नमा जवाफ दिदैँ मेयर विष्टले भने, ‘मैले वार्णिज्य बैंकको म्यानेजरलाई बोलाएर तीन दिन भित्र हेडक्वाटरमा पत्राचार पनि गरिसकेको छु । यदि तपाईहरुले जनतालाई सहुलियत दिन सक्नु हुन्न भने तपाईहरुबाट भएका कारोबार किन गर्ने ? हामी कहाँ सहकारीहरु पनि धेरै आउनु भएको छ । तर सिस्टममा सहकारीलाई दिन सक्ने व्यवस्था छैन ।’
विगतमा क्षेत्रिय प्रबन्धकले छ महिना भित्र बैंकलाई एक्टेन्सन गरेर सेवा प्रवाह गर्ने बताए पनि नौ महिना भईसकेको भएपनि अहिले अवस्था उस्तै रहेको मेयर विष्टले बताए । उक्त बैंकलाई अषाढ सम्म अन्तिम डेटलाई रहेको उनले जानकारी दिए ।
राज्यले सामाजिक सुरक्षा भत्ता वितरणका लागि अन्य सुविधा एटियम कार्डको व्यवस्था गरी दिएको भए धेरै राहत मिल्ने मेयर विष्टले सुझाए ।
राष्ट्रिय वार्णिज्य बैंक अप्रेसन विभागका आन्न्द सुवेदीका अनुसार आउने साउन देखि नेपालगञ्जमा ४ ठाँउबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्ने जानकारी दिए ।
नेपालगञ्ज एउटा उदहारण मात्र हो, सामाजिक सुरक्षा भत्ता बुझ्नको लागि सबै स्थानिय तहहरुमा यस्तै अवस्था रहेको छ । ज्येष्ठ नागरिक, एकल महिला र अपांगता भएका व्यक्तिले लामबद्ध तरिकाले चर्को घामको तापक्रममा सामाजिक सुरक्षा भत्ता बुझ्न उभिरहेका छन ।
टिप्पणीहरू