Close sidebar
  • ताजा
  • लोकप्रिय
  • अत्याधिक गर्मीका कारण खजुराका विद्यालय तीन दिनका लागि बन्द

    १७ जेठ, बाँके । गर्मी अत्यधिक रुपमा बढेपछि स्थानीय तह मातहतका विद्यालयहरुमा गर्मी विदा दिइएको छ ।

    बाँकेको खजुरा गाँउपालिका मातहतका सबै विद्यालयहरुमा गर्मी बिदा दिएको हो । मौसम परिर्वतनका कारण केही दिनयता अत्यधिक गर्मी बढ्दै गएपछि तीन दिनका लागि विद्यालयहरु बन्द गरिएको हो ।

    Advertisement

    अत्याधिक गर्मीका कारण विद्यालयमा अध्ययन, अध्यापन गर्न गराउन कठिनाइ भएकोले वर्षे विदाबाट कट्टी हुने गरी आज देखि जेठ १९ गते सम्म विदा दिने विद्यालयबाटै माग भएर आएको खजुरा गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख खगेन्द्र मल्लले जानकारी दिए ।

    केही दिनयता प्री मनसुन गतिविधि कमजोर भएपछि मुलुकका अधिकांश भेगमा गर्मी बढेको छ । यति बेला बाँकेमा अत्याधिक गर्मी महसुस गरिएको छ । हुन त बाँके जिल्ला देशकै सबैै भन्दा बढी गर्मी हुने ठाउँ पनि हो । जसका कारण अहिले पठन पाठन, कामकाजका लागि बाहिर हिड्न समेत अफ्ठयारो महसुस गरिएको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »