Close sidebar
  • ताजा
  • लोकप्रिय
  • रेशम चौधरीको आममाफी विरुद्ध सर्वोच्चमा दर्ता भएको मुद्दाको सुनुवाइ आज हुँदै

    १७ जेठ, काठमाडौं । पूर्व सांसद रेशम चौधरीलाई आममाफी दिएपछि सर्वोच्च अदालतमा दर्ता भएको मुद्दाको सुनुवाइ हुँदैछ ।

    टीकापुर नरसंहारमाका दोषी ठहर पूर्व सांसद चौधरीलाई आममाफी दिएपछि शारदा बोहरा कडायतले आइतबार दर्ता गराएको रिट निवेदन सुनुवाइ गर्न लागि अदालतले पेसी तोकिएको हो ।

    Advertisement

    को हुन शारदा ?
    शारदा सो घटनामा परी मारिएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी हुन् ।

    नयाँ संविधान जारी हुन अगाडी थरुहट प्रदेशको माग गर्दै भएको आन्दोलनले हिंसात्मक रूप लिँदा कैलालीको टीकापुरमा २०७२ भदौ ७ गते एक बालकसहित सात सुरक्षाकर्मी सहित आठ जनाको बीभत्स हत्या गरिएको थियो ।

    Advertisement

    हत्याकाण्डका मुख्य योजनाकारका रुपमा रेशम विरुद्ध कैलाली जिल्ला, दिपायल उच्च अदालतले गरेको जन्मकैदको फैसलालाई सर्वोच्च अदालतले गत जेठ २ गते मात्रै सदर गरेको थियो । तर, गणतन्त्र दिवसका अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिए पछि उनी यही जेठ १५ गते डिल्लीबजार कारागारबाट रिहा हुन पुगेका थिए ।

    आममाफी नदिएको भए चौधरी २०९४ सालसम्म जेलमा नै बस्नु पर्ने  थियो। अदालतको फैसला अनुसार थप १४ वर्ष जेल बस्नु पर्नु भए पनि आममाफी पछि सो कैद मिनाहा भएर उनी निस्कन सफल हुन पुगेका हुन्।

    Advertisement

    पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले चौधरीलाई रिहा गरिदिए पछि तीव्र सन्तुष्टि जनाउँदै बोहरा पत्नी शारदा सर्वोच्च अदालत पुगेकी हुन् ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »