अहिले आम मानिसमा मोटोपन मुख्य समस्याका रुपमा देखा परेको छ । त्यसैले यसको व्यवस्थापनको मुख्य उपाय भनेको शारीरिक अभ्यास हो । शरीरलाई स्वस्थ र सन्तुलित राख्न व्यायाम आवश्यक पर्छ ।
नियमित व्यायाम गर्ने यसरी बानी बसाल्न सकिन्छ :
Advertisement
१. एकैपटक व्यायाम नगर्ने – एकैपटकमा धेरै प्रकारका कसरत गर्नुपर्छ भन्ने हुँदैन। बिहान, दिउँसो र साँझ १०/१० मिनेट गरेर प्रत्येक दिन ३० मिनेट कसरत गर्ने हो भने शरीरलाई फाईदा पुग्छ ।
२.साथी सँग व्यायाम गर्ने – साथीसंग कसरत गर्दा तपाईंलाई ट्र्याकमा रहन र नियमित कसरत गर्न मद्दत हुन सक्छ ।
Advertisement
३. छिटो हिड्ने – यदी तपाईं हिड्दै हुनुहुन्छ भने छिटो हिड्ने बानी बसाल्नुहोस्। यसले तपाईंको तौल नियन्त्रण गर्न सहयोग गर्छ ।
४. खाना खान भन्दा अघि हिड्नुहोस – खाना खानुअघि कम्तिमा २० मिनेटको पैदल हिड्नाले तपाईंलाई उर्जावान् राख्न मदत गर्छ ।
Advertisement
५. स्टेप काउन्टरहरु सेट गर्नुहोस – हिड्दा या कसरत गर्दा आफ्नो गोल सेट गर्ने हो भने त्यसले आफैंलाई उत्प्रेरणा मिल्न सक्छ ।
६. स्क्रिन टाईम घटाउनुहोस – घरमा बस्दा फोन चलाउने, टिभी हेर्ने जस्ता बानीहरु कम गर्ने, वरपर हिड्ने, चौरमा पल्टिने लगायतका कुराहरु गर्नाले नयाँ उर्जा मिल्न सक्छ ।
Advertisement
७. फुर्सदको समयलाई उपयोग गर्नुहोस – टिभी हेर्दा साधारण अभ्यास गर्ने प्रयास गर्न सकिन्छ । वा काममा रिमाइन्डर सेट गरेर बीच बिचमा उठेर केही मिनेट हिँड्नुहोस् ।
८. योगा या फिटनेसको क्लास सुरु गर्नुहोस – समय अनुकुल भएसम्म योग या जिमको कक्षा सुरु गर्न सकिन्छ । होईन भने इन्टरनेट हेरेर योग या ध्यान गर्ने अभ्यास घरमै पानी गर्न सकिन्छ ।
९. कसरत गर्ने समय छुट्याउने – जतिसुकै व्यस्तता भए तापनि हरेक दिन केहि समय कसरतको लागि छुट्याउन सकिन्छ ।
१०. आफैलाई पुरस्कार दिनुहोस – छोटो अवधिको केहि लक्ष्यहरू सेट गर्नुहोस् र तिनीहरूलाई पुरा गर्नुहोस् । जसको लागि आफैलाई पुरस्कार दिनुहोस् । आफैले आफैंलाई सेलिब्रेट गर्नाले तपाईंलाई नियमित उक्त कुरा गरिरहने बानि बस्छ ।
टिप्पणीहरू