Close sidebar
  • ताजा
  • लोकप्रिय
  • भारतको छत्तीसगढमा ‘माओवादी आक्रमण’, १० सुरक्षाकर्मी सहित ११ जनाको मृत्यु

    १३ बैशाख, काठमाडौँ । भारतको छत्तीसगढ राज्यमा भएको आक्रमणमा परेर ११ जनाको ज्यान गुमाएका छन । उक्त राज्यको दन्तेवाडामा सन्दिग्ध माओवादीहरूले गरेको बम आक्रमणमा परेर १० सुरक्षाकर्मी सहित ११ जनाको ज्यान गएको प्रहरीले जनाएको हो ।

    प्रहरीका अनुसार दन्तेवाडाको अरनपुर क्षेत्रमा माओवादीहरू रहेका सूचना पाएपछि एउटा गाडीमा सुरक्षाकर्मीको टोलीलाई त्यसतर्फ पठाइएको थियो ।

    Advertisement

    मृत्यु हुनेमा डिस्ट्रिक्ट रिजर्भ गार्ड (डीआरजी) का १० जवान र गाडीका चालक थिए ।

    माओवादी विरुद्ध गरिएको कारबाही पछि फर्किँदै गरेका सुरक्षाकर्मीको गाडीलाई निसाना बनाएर सन्दिग्ध माओवादीहरूले विस्फोट गराएको बताइएको छ ।

    Advertisement

    घटनास्थलमै १० जना जवान र चालकको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन । उक्त क्षेत्रमा खोजी अभियानका लागि अतिरिक्त सुरक्षाकर्मी परिचालन गरिएको छ ।

    दन्तेवाडाको अरनपुर क्षेत्रमा माओवादीहरू रहेका सूचना प्राप्त भएपछि कारबाही थालिएको बस्तरका आईजी सुन्दरराज पीले जानकारी दिए । कारबाही पछि सुरक्षाकर्मीहरू जिल्ला मुख्यालय फर्किँदै गरेका बेला आईईडी प्रयोग गरेर आक्रमण गरिएको उनले बताए ।

    Advertisement

    यी सैनिकहरु ब्लिदान भएका छन :

    हेड हवल्दार कमोक ७४ जोगा सोधी
    हेड हवल्दार क्रमक ९६५ मुन्ना राम कडाती
    हेड हवल्दार नम्बर ९०१ सन्तोष तमो
    नयाँ हवल्दार क्रमोक ५४२ दुल्गो मांडवी
    नियो कन्स्टेबल क्रामक २८९ लखमु मरकम
    नियो कन्स्टेबल Cmock 580 जोगा कावासी
    नयाँ हवल्दार नम्बर ८८८ हरिराम मण्डवी
    गोप्य सिपाही राजु राम कर्तम
    गोप्य सैनिक जयराम पोडियम
    गोप्य सिपाही जगदीश कावासी
    धनिराम यादव (निजी चालक)

    Advertisement

    प्रधानमन्त्री नरेन्द्र मोदीले नक्सल आक्रमणको कडा निन्दा गरेका छन् । उनले ट्विट गर्दै शहीद सैनिकलाई श्रद्धाञ्जली पनि दिएका छन् ।

    यता घटनाप्रति दुःख व्यक्त गर्दै छत्तीसगढका मुख्यमन्त्री भूपेश बघेलले माओवादीहरूलाई नछोडिने प्रतिक्रिया दिएका छन् ।

    भारतका केन्द्रीय गृहमन्त्री अमित शाहले मुख्यमन्त्री बघेलसँग घटनाबारे जानकारी लिँदै केन्द्र सरकारले आवश्यक सबै सहयोग गर्ने बताएका छन् ।

    – खनिज पदार्थको धनी राज्य छत्तीसगढले साढे तीन दशकदेखि माओवादी सशस्त्र द्वन्द्व झेलिरहेको छ । त्यहाँ पटक पटक सुरक्षाकर्मी माथि आक्रमण हुने गरेको छ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »