Close sidebar
  • ताजा
  • लोकप्रिय
  • सञ्चारमाध्यमबाट उम्मेदवारले निर्वाचन खर्च सार्वजनिक गर्न सक्ने आयोगको निणर्य

    ११ बैशाख, काठमाडौँ । निर्वाचन आयोगले गत मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा भाग लिई निर्वाचन खर्चको विवरण पेश गर्ने पाँच हँजार पाँच सय ६१ जना उम्मेदवारहरूलाई खर्च सार्वजनिक गर्ने जनाएको छ ।

    आफूले गरेको निर्वाचन खर्च सम्बन्धित प्रदेश वा जिल्ला निर्वाचन कार्यालयको सूचना पाटी, सम्बन्धित गाँउपालिका वा नगरपालिका वा वडा कार्यालयको सूचना पाटी, राजनीतिक दलको जुनसुकै तहको कार्यालय वा वेबसाइट (राजनीतिक दलको तर्फबाट उम्मेदवार भएका उम्मेदवारको हकमा), आमसञ्चार माध्यम (पत्रपत्रिका, रेडियो, टेलिभिजन आदि), सामाजिक सञ्जाल (फेसबुक, टिवटर, ईन्स्टाग्राम) बाट सार्वजनिक गर्न सक्ने र यसरी सार्वजनिक गरेको प्रमाण सहितको जानकारी सम्बन्धित उम्मेदवारहरूले आ-आफ्नो प्रदेश/जिल्ला निर्वाचन कार्यालयलाई दिनु पर्ने निणर्य गरेको निर्वाचन आयोगका उपसचिव एवं सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।

    Advertisement

    यस सम्बन्धमा आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारी दिई प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ को उपदफा (४) बमोजिम निर्वाचनको अन्तिम परिणाम प्रकाशित भएको मितिले ३५ दिनभित्र निर्वाचन खर्चको विवरण पेश गर्ने २ हजार ३ सय ७३ जना उम्मेदवार र प्रदेश सभा सदस्य निर्वाचन, २०७९ मा उम्मेदवारी दिई प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ को उपदफा (४) बमोजिम निर्वाचनको अन्तिम परिणाम प्रकाशित भएको मितिले ३५ दिनभित्र निर्वाचन खर्चको विवरण पेश गर्ने ३ हजार १ सय ८८ जना उम्मेदवारहरू सहित जम्मा ५ हजार ५ सय ६१ जना उम्मेदवारहरूलाई निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा ३१ को उपदफा (४) बमोजिम निर्वाचन खर्चको विवरण ७ (सात) दिनभित्र सार्वजनिक गरी सार्वजनिक गरेको जानकारी आफू उम्मेदवार भएको जिल्लाको प्रदेश/जिल्ला निर्वाचन कार्यालयमा पेश गर्न मिति २०८० वैशाख ६ गते निणर्य गरेको थियो ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »