Close sidebar
  • ताजा
  • लोकप्रिय
  • मिटरब्याज पीडितको समस्या समाधान गर्न छानबिन समिति गठन

    २० चैत, काठमाडौँ । मिटरब्याज पीडितको समस्या समाधानका लागि सरकारले छानबिन समिति गठन गरेको छ ।

    सिंहदरबारमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सोमवार दिउँसो बसेको मन्त्रिपरिषद बैठकले तीन सदस्यीय छानबिन समिति गठन गरेको हो ।

    Advertisement

    उक्त छानबिन समितिमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा नेपाल प्रहरीका पूर्वएआईजी उत्तमबहादुर सुवेदी र डीआईजी गणेशबाबु अर्याल रहेका छन ।

    छानबिन समितिले तिन महिना भित्र मिटरब्याज पीडितको समस्या समाधान हुने गरी व्यावहारिक प्रतिवेदन तयार पार्न समय दिइएको बुझिएको छ ।

    Advertisement

    मिटरब्याज पीडितले आफ्नो समस्या राख्न सहज हुने गरी आज बसेको बैठकले गठित उच्चस्तरीय आयोगको कार्यालय मधेस प्रदेशको राजधानी जनकपुरमै राख्ने निणर्य पनि गरेको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »