Close sidebar
  • ताजा
  • लोकप्रिय
  • पूर्वी नवलपरासीको एक गाउँमा नौ वटा बम फेला

    १२ चैत, नवलपरासी । पूर्वी नवलपरासीको एक गाउँमा वटा बम फेला परेका छन् । विनयीत्रिवेणी गाउँपालिका–५ को भेडी गाउँमा आज दिउँसो बेवारिसे अवस्थामा नौ वटा बम फेला परेका हुन ।

    जङ्गलमा चौपाया चराउन गएका किसानहरूले बारीमा बम देखेपछि खोतल्दै जाँदा एकै ठाउँमा नौवटा बम देखिएको हो । बारीमा बम देखिएपछि स्थानीय जनप्रतिनिधिले प्रहरीलाई खबर गरेका थिए । बालबालिकाले जङ्गलनजिकै रहेको बारीमा ती बमका गोला देखेका स्थानीयले बताएका हुन ।

    Advertisement

    जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका सूचना अधिकारी सन्तोष पाठकले उक्त घटनाबारे लगत्तै जानकारी पाएकाले दुम्कीवासका प्रहरी निरीक्षकको टोली उक्त स्थानतर्फ गएको जानकारी दिए । ती बम कसले र कहिले राखेको भन्नेबारे यकिन भएको छैन ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »