११ चैत, बाँके । बाँकेको नेपालगञ्जमा लुम्बिनी प्रदेश खसआर्य जनमत संघ घोषणा तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ ।
सिके रावत नेतृत्वको जनमत पार्टीको आयोजनामा बिभिन्न दलका नेताकार्यकर्ताहरु जनमतमा प्रवेश गरेका छन ।
Advertisement
पार्टीका केन्द्रिय सचिव भोपेन्द्र प्रसाद यादवको प्रमुख उपस्थितिमा लुम्बिनी प्रदेश खसआर्य जनमत संघ घोषणा एवं बिभिन्न पार्टी एवं दल परित्याग गरेर सय बढी नेताकार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेका बताइएको छ ।
जनमत खसआर्य जनमत संघ लुम्बिनी प्रदेश प्रमुख तेज नारायण कंडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विशिष्ट अथिति एवं केन्द्रिय सदस्य राम केश गुप्ता, विष्णु प्रसाद यादव, पुर्वमन्त्री एवं सांसद सुमन रायमाझी, पुर्व सांसद सन्धया देव, जनमत शिक्षक संघका केन्द्रिय सदस्य रामदेव यादव लगायतको उपस्थिति रहेको थियो ।
















टिप्पणीहरू