१ चैत, काठमाडौँ । यती एयरलाइन्सको विमान दुर्घटना अध्ययन गर्न गठित ‘विमान दुर्घटना जाँच आयोग’को म्याद ४५ दिन थप गर्ने सरकारले निणर्य गरेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माका अनुसार गत फागुन ३० मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निणर्य गरेको हो ।
Advertisement
गत माघ १ गते पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना भएको थियो । उक्त घटनाको सत्यतथ्य छानविन गर्न सरकारले पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा ५ सदस्यीय जाँच आयोग गठन गरेको थियो । उक्त आयोगलाई ४५ दिनको समयावधि तोकेर कारण पहिचान सहितको प्रतिवेदन पेश गर्न गठन गरिएको थियो ।
टिप्पणीहरू