१ चैत, बाँके । जबरजस्ती करणी गरेको अभियोगमा बाँकेमा एक जना पक्राउ परेका छन ।
१२ वर्षिय बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा डुडुवा गाउँपालिका-३ बाबुपुरुवा बस्ने ३३ वर्षीय बजरंगबली लोहारलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको हो ।
Advertisement
लोहारले ती बालिकालाई सोही ठाउँ स्थित आँपको बगैंचामा लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बनकट्टीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी एवं डिएपी राम प्रसाद धर्ती मगरले जानकारी दिए ।
उनका अनुसार प्रहरीले लोहारलाई नियन्त्रणमा लिएर थप आवश्यक कार्वाही अगाडि बढाएको छ ।
टिप्पणीहरू