संजय कुशवाहा
९ फाल्गुन, नवलपरासी । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा न.२ हरकपुरा स्थित गण्डक नहरमा हाम फालेकी एक जना बेपत्ता भएकी छन ।
सुस्ता गाउँपालिका वडा न.२ महलबारीका तिर्थराम थारुको श्रीमती २९ वर्षीय प्रतिमा थारुले आफ्नो दुई छोरा वर्ष ९ का क्रिश थारु र वर्ष ७ का सुमित थारुलाई समेत साथमा लिई पानीमा हाम फाले प्रहरीले जनाएको हो । प्रतिमा थारु मानसिक सन्तुलन सामान्य नरहेको बताइएको छ । उनीहरु बेपत्ता भएको जिल्ला प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले बताएका छन् ।
Advertisement
हाम फालेको स्थानिय मार्फत प्रहरी चौकी कुडियामा खबर प्राप्त हुनसाथ तत्काल उक्त स्थानमा प्रहरी बरिस्ठ हवल्दार बिज्ञान भट्टराईको कमाण्डमा ३ जना र ईलाका प्रहरी कार्यालय बेलाटारीबाट प्रहरी निरीक्षक नवराज के.सी.को कमाण्डमा ७ जनाको टोली खटिएको थियो । स्थानिय र प्रहरीको सक्रियतामा खोजतलास भईरहेको प्रहरीले जनाएको छ । गण्डक नहरमा खोजतलास गरी रहँदा हाल सम्म कोही फेला नपरेको प्रहरीले जनाएको हो ।
हाम फालेकी थारूकी श्रीमान रोजगारीको शिलशिलामा भारत रहेको र घरमा सासु रहेकी थिइन । महिलाले के कारण दुईजना बालक सहित गण्डक नहरमा हाम फालेको भन्ने विषयमा हालसम्म कारण नखुलेको र अनुसन्धान कार्य भईरहेको प्रहरी नायब उपरीक्षक पाण्डेले बताए ।
टिप्पणीहरू