४ फाल्गुन, बर्दिया । बर्दियामा दुई जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ ।
सम्मानित बर्दिया जिल्ला अदालत गुलरियाको फैसला आदेशले जबजस्ती करणी उद्योग र लागु औषध (नाईट्राजेपाम) मुद्दामा सजाय तोकिएकोमा हालसम्म फरार रहेका प्रतिवादीहरुलाई जिल्ला प्रहरी कार्यालय बर्दियाको मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
Advertisement
ईलाका प्रहरी कार्यालय ढोढरी बर्दियाबाट खटिएको प्रहरी टोलीले बर्दिया मधुवन नगरपालिका -०५ विकाश नेपालीलाई जबजस्ती करणी उद्योग मद्दामा पक्राउ गरेको हो । जिल्ला अदालतको २०७३ असार १२ गतेको फैसलाले विकाशलाई ४ बर्ष ११ महिना १३ दिन कैद सजाय तोकेको थियो ।
यस्तै, ईलाका प्रहरी कार्यालय पाताभारबाट खटिएको प्रहरी टोलिले लागु औषध (नाईट्राजेपाम) मुद्दामा बर्दिया गेरुवा गाउँपालिका -०५ का हिक्मत शाहीलाई आज पक्राउ गरेको जनाएको हो । उनलाई २०७८ फाल्गुन २७ गतेको फैसलाले १ महिना १५ दिन कैद र रू दुई हजार जरिवाना तोकेको थियो ।
Advertisement
उनीहरुलाई पक्राउ गरी सम्मानित बर्दिया जिल्ला अदालत गुलरियामा पेश गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्र.स.ह. हरि नारायण ओलीले जानकारी दिए ।
टिप्पणीहरू