Close sidebar
  • ताजा
  • लोकप्रिय
  • भोलि मेलिना राई र गोपाल जि एम आउदै

    २६ माघ, बाँके । बाँकेको नेपालगञ्जमा जारी महोत्सवमा भोलि शुक्रबार चर्चित राष्ट्रिय गायक र गायिकाको बेजोड प्रस्तुति रह्ने भएका छ ।

    नेपालगञ्जको कारकादो स्थित सडक डिभिजन परिसरमा जारी चौथो प्रादेशिक औद्यौगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सवमा शुक्रबार गायिका मेलिना राई र गायक गोपाल जि एम आउने भएका प्रचारप्रसार समितिका संयोजक भागवत कंडेलले जानकारी दिए ।

    Advertisement

    यस्तै, स्थानिय गायक अशोक रावलको समेत प्रस्तुति समेत रह्ने छ भने कार्यक्रम उद्धोषक सञ्जय देवकोेटा र उद्धोषिका प्रेरणा गिरीले संचालन गर्ने तय भएको संयोजक कंडेलले जानकारी दिए ।

    दर्शकको थप मनोरञ्जन र स्थानिय कलाकारको उत्पादन गर्ने उद्देश्यका साथ लुम्बिनी प्रदेश स्तरीय नृत्य प्रतियोगिता भईरहेको छ । आज १८ जना प्रतिस्पर्धी सेमीफाइनल पार गर्दै फाइनलमा प्रवेश गरेका छन ।

    Advertisement

    भोलि महोत्सवमा एस एम कला केन्द्र ग्रुपको समेत प्रस्तुति रह्नेछ । यस बाहेक दर्शकको मनोरञ्जनका लागि महोत्सव परिसर भित्र नेपालमै उत्पादित खाद्य वस्तुका स्टल, बाल उद्यान, थारु होमस्टे र थारु गाँउमा अवलोकन गरेर बिभिन्न थारु परिकारको समेत छुट्टै मजा लिनसक्ने छन ।

    नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके र शिवालय सेक्युरिटी तथा मल्टीपर्पोज कम्पनी प्रा. लि.को संयुक्त आयोजनामा जारी महोत्सव अब दुई दिन मात्र बाँकी छ ।

    Advertisement

    महोत्सवलाई फलो मि इभेन्ट म्यानेजमेन्ट प्रा.लि.ले व्यवस्थापन गरिरहेको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »